महत्वाकांक्षी प्रदेश –५

प्रदेश नम्बर ५ नेपालका अन्य प्रदेशहरुको तुलनामा निकै महत्वाकांक्षी रहेको छ । भौगोलिक, प्राकृतिक, पर्यटकीय, उद्योग व्यवसाय, कृषि र पूर्वाधार विकासको दृष्टिकोणले यो प्रदेश अन्य भन्दा निकै महत्वाकांक्षी देखिएको हो । १० वर्षमा यो प्रदेशले निकै फड्को मार्ने संकेत देखिएको छ । हिमाल, पहाड र तराईको संगमका रुपमा रहेको यो प्रदेशलाई पर्यटन, उद्योग, व्यापार, कृषि, पूर्वाधारलगायतले राम्रो साथ दिएको छ । पश्चिम नवलपरासीदेखि बर्दिया कर्णालीसम्म सीमाना फैलिएको यो प्रदेशमा रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, रोल्पा, बर्दिया र पूर्वी रुकमसहित १२ जिल्ला रहेका छन् ।