कोरोनामा नागरिकको दायित्व

कोरोनाको दोस्रो लहरलाई कम गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । जति भीडभाड हुन्छ त्यति नै कोरोना फैलने सम्भावना बढी हुन्छ । एकजना संक्रमितले कैयौंलाई संक्रमित तुल्याउन सक्ने भएकाले नागरिक आफै सचेत हुनुपर्छ । सामाजिक दूरी कायम गराउन र मास्क प्रयोग अनिवार्य गराउन सरकारले मात्रै सक्दैन । सरकारले सचेत पार्न मात्रै सक्छ । कोरोनाबाट धेरै मानिसको मृत्य हुन थालेपछि बल्ल मास्क लगाउनेको संख्या बढ्न थालेको छ । केही समयअगाडि मानिसहरू मास्क प्रयोग गर्न छाडिसकेका थिए । भोजभतेर र जात्रा चाडपर्वका नाममा मानिसको भीड भयो । त्यसैको परिणति कोरोना भयावह बनेको हो । भारतमा महाकुम्भ मेला स्थगित गरेको भए समस्या अलिक कम हुन्थ्यो । लाखाैं सहभागी त्यस मेलाबाट नै कोरोना अनियन्त्रित भएको हो । नेपालका पूर्वराजा र रानी पनि त्यही मेलामा गएर आउँदा संक्रमित भएका हुन् । अरू थुप्रै नेपाली पनि कुम्भ मेलामा पुगेका थिए । तिनले पनि कोरोना ल्याएको हुन सक्छ । भारतमा काम गर्ने नेपाली नै नेपालमा कोरोना भित्र्याउने प्रमुख स्रोत हुन् । तर, त्यसलाई फैलाउनेचाहिँ हामी नेपालीको बेवास्ता र हेलचेक्र्याइँ हो । हात नधुने, मास्क राम्ररी नलगाउने तथा नाक कोट्याउने बानी कोरोना सार्न निकै सहयोगी हुन्छ । यी सबै बानी सुधार्न आवश्यक छ । मानव जीवनभन्दा चाडपर्व र जात्रा ठूला हुन सक्दैनन् । तर, केही अतिवादीहरू यसलाई उचालेर जात्रा मनाउनैपर्ने भनी लागिपरेका छन् । कोरोना केही होइन भन्ने सोचले पनि यसमा काम गरेको छ । त्यसैको परिणति हामी भयंकर समस्यामा परेका छौं । सरकार कमजोर छ । स्वास्थ्य प्रणाली निकै कमजोर छ । त्यसमा पनि सरकारी कर्मचारीमा आफन्तवाद छ । यस्तोमा कुनै व्यक्ति संक्रमित भए उपचार पाउन कठिन छ । पैसा हुनेले निजी अस्पतालमा उपचार पाएका छन् । त्यहाँ उपचार गराइरहेकाले पनि ठूलो रकम तिरेर पनि अस्पतालले राम्ररी नहेरेको भन्दा सतर्क हुन अरूलाई आग्रह गरिरहेका छन् । तैपनि मानिसहरूमा सतर्कता छैन । जहाँ सतर्कता छ त्यहाँ यो भयंकर समस्या बनेको छैन । जहाँ लापर्बाही छ त्यही यसको संक्रमण तीव्र छ । अहिले भारतबाट भित्रिएको भाइरसको नयाँ भेरिएन्ट डरलाग्दो नै छ भन्ने विज्ञको भनाइबाट बुझ्न सकिन्छ । भाइरस मार्न सक्ने तŒवलाई छल्दै शरीरमा फैलन सक्ने भएकाले यो डरलाग्दो मानिएको हो । त्यसैले हामी आफै सचेत बनौं । घरबाहिर सकेसम्म नजाऔं जानै परे मास्क प्रयोग गर्ने र घरमा आउनासाथ साबुनपानीले हात धुने बानी बसालौं । मुख्य कुरा नाकबाट भाइरस प्रवेश गर्ने सम्भावना आउनै नदिऔं । घरभित्रै आफन्तबीच पनि सकेसम्म दूरीमा बसौं । तातो पानी प्रशस्त पिउने गरौं । तागतिलो खाने कुराले पनि भाइरसविरुद्ध लड्न सहयोग गर्छ । अरूको लहै लहैमा नलगौं भाइरोलजिस्टका कुरा मानौं । आफै जान्नेसुन्ने भई जथाभावी सुझाव दिनेहरूबाट सतर्क रहौं । यो समस्या मुलुकले समाधान गर्न सक्दैन । जनता आफै लागे संक्रमण निकै कम गर्न सकिन्छ । त्यसैले सतर्क रर्हौ, सावधान रहौं र कोरोना सर्न सक्ने सम्भावनाबाट आफै जोगिऔं । श्याम श्रेष्ठ धर्मस्थली, काठमाडौं ।

सम्बन्धित सामग्री

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।...

‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासहितको विवरण सङ्कलन थालेका जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार गर्न कार्यक्रम कार्यान्वन …

म नागरिकको वारेस हुँ : नवनियुक्त सांसद बस्नेत

प्रदेश १ को प्रदेशसभा सदस्यमा नियुक्त एमाले सांसद हिमादेवी बस्नेतले आफू नागरिकको वारेस भएको बताएकी छिन् । प्रदेश १ प्रदेशसभामा सभामुख प्रदीपकुमार भण्डारीले शपथ खुवाएपछि प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएकी हुन् । ‘अलिकति फरक जिम्मेवारीमा आएको छु । अझै थप जिम्मेवारी भएको महसुस भएको छ । म नागरिकको वारेस हुँ,’ कार्यकालको छोटो अवधिलाई कसरी उपयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘केही छोटो समयका लागि भएपनि मैले सकेको काम नागरिकको पक्षमा काम गर्छु ।’उनले आफूलाई ०७४

ज्येष्ठ नागरिकको सम्मान, सभ्य नागरिकको पहिचान

‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य नारिकको पहिचान’ मूल नारासहित भर्खरै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । मानव जीवनको उत्तराद्र्धको अवस्थामा पुगेका ज्येष्ठ नागरिकको सम्मान एकदिने दिवसमा मात्रै तामझाम गरेर मनाउँदैमा जिम्मेवारी पूरा हुँदैन । अचेल बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृत्ति हावी हुनु शुभसंकेत होइन । संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमशः विचलन भई एकल […]

खार्पुनाथ गाउँपालिकाले गर्‍यो नागरिकको निःशुल्का स्वास्थ्य बीमा

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिकाले नागरिकको नि:शुल्क स्वास्थ्य बीमा गराएको छ। नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सबै नागरिकको एक लाखसम्मको स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए। शाहीका अनुसार ७ हजार २९ जनाको स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेकोमा ६ हजार ६९० जनाको निःशुल्क स्वास्थ्य बीमा भइसकेको छ। ९५ प्रतिशत गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य बीमा […]

अफगानिस्थानमा रहेका बैतडीका नागरिकको विवरण संकलन

बैतडी : जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार यहाँका नागरिकको पनि विवरण संकलन गरिएको हो। बैतडी घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको छ। सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार गरिसकिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।प्रशासनको पत्रअनुसार स्थानीय तहर

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवन रक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपम

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए । जुनसुकै कारणले होस्, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै मूल मर्मका साथ […]

आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हाे : गृहमन्त्री खाँड

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् ।  गृहमन्त्रालयको जिम्मेबारी सम्हालेपछि न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका...

नागरिकको ज्यानभन्दा ठूलो हो सत्ता?

नागरिकको करबाट नागरिककै स्वास्थ्य बचाउन नसक्ने हो भने सरकारको के सार्थकता? यस विषम् अवस्थामा नागरिकको प्रश्न छ कि के अब सधैँ सरकार लास गन्ने, नागरिक समवेदना लेख्ने नियती कायमै रहने हो?