संसदमा योगेश भट्टराईले उठाए पाठ्यपुस्तकबारे गम्भीर सवाल : शिक्षामन्त्रीलाई निर्देशन दिन आग्रह

नेकपा एमालेका सांसद योगेश भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएकोले त्यहाँको पठनपाठन प्रभावित भएकोबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले शैक्षिक सत्र सुरु भएको १ महिना १३ दिन बित्दा ८० लाख विद्यार्थीले पाठ्यपुस्तक नपाएको बताए ।उनले हरेक वर्ष पाठ्य पुस्तकको समस्या उठाउँदै आएपनि अहिले पनि सो समस्या यथावत रहेको बताए । सरकारले जनक शिक्षा सामग्री केन्द्रमार्फत र कक्षा १ देखि ३ सम्म निजी क्षेत्रबाट पाठ्यपुस्तक छपाई गर्ने जिम्मेवारी दिएकोम