देशमा पर्याप्त उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथी विभागको संयुक्त आयोजनामा ‘नेपालमा खाद्य सुरक्षाको अवस्था’ विषयक दुईदिने सेमिनारको आज समापन समारोहलाई समबोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकभित्रै पर्याप्त मात्रामा खाद्य उत्पादन गर्न सकिने प्रशस्त सम्भावना भएर पनि […]

सम्बन्धित सामग्री

भारतबाट अर्बौको खाद्यवस्तु आयात

मधेस र पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमी लगायतका अबौ रुपैयाँको खाद्य वस्तु भारतबाट आयात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर भारतबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो, सात करोड ५७ लाख २८ हजार […]

काभ्रेपलाञ्चोकका उद्योगका खाद्यवस्तु न्यून गुणस्तर र दुषित

काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विभिन्न स्थानमा उत्पादन भई विक्री वितरण भएका खाद्यवस्तु न्यून गुणस्तर र दूषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।  कार्यालयद्वारा गत आर्थिक वर्ष २०७९/८० मा गरेको अनुगमन निरीक्षणका आधारमा सार्वजनिक वार्षिक प्रतिवेदनमा जिल्लाका विभिन्न स्थानका उद्योगबाट उत्पादित खाद्य सामग्री न्यून गुणस्तर भएको, दूषित देखिएको तथा अनुज्ञापत्रसमेत नलिइ उत्पादन तथा विक्री वितरण र उत्पादन गरेको उल्लेख गरिएको छ । प्रतिवेदनमा केही उद्योगलाई काभ्रेपलाञ्चोकमा तथा केही उद्योगलाई सम्बन्धित जिल्लामा मुद्दाका लागि मिसिल पठाएको जनाइएको छ । कार्यालय प्रमुख मनिषा चापागाईंले विभिन्न स्थानमा गरिएको अनुगमन निरीक्षणका क्रममा काभ्रेपलाञ्चोकलगायत विभिन्न ६ जिल्लामा उत्पादित खाद्यसामग्री मापदण्डविपरीत रहेको पाइएपछि मुद्दा दायर गरिएको छ ।  प्रतिवेदनमा बनेपा नगरपालिका–८ स्थित शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले उत्पादन गरेको खाद्यवस्तु न्यून गुणस्तर रहेको पाइएको छ । साथै बटरफ्लाई फ्रुट क्यानिङ कम्पनी बत्तिसपुतली, काठमाडौंबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्सर्न प्रालिद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ इण्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित तोरीको तेल पनि न्यून गुणस्तर भएको प्रमाणित भएसँगै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।  कार्यालयका अनुसार मनोहरा–१४ काठमाडौस्थित बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालि वीरगञ्जबाट उत्पादित वनस्पती घ्यू र पतञ्जली आयुर्वेद प्रालि बाराद्वारा उत्पादित मह न्यून गुणस्तरको पाइएपछि ती कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।  चापागाईंका अनुसार दाना पदार्थ, दुग्ध पदार्थ र होटल व्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट सङ्कलित खाद्य सामग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका ६ उद्योगबाट उत्पादित खाद्य सामग्री पनि मापदण्डविपरीत रहेको पुष्टि भएको हो । यस्तै गत आवमा ५४ किसिमका खाद्य वस्तु न्यून गुणस्तर तथा दूषित भएको प्रमाणित भएपछि जफत गरी नष्ट गरिएको छ ।  चापागाईंले वार्षिक समीक्षा कार्यक्रममा उक्त अवधिमा १३ उद्योगले अनुज्ञापत्र माग गरेको जानकारी दिए । अनुज्ञापत्रबिना सञ्चालन भएका केही उद्योगलाई कारबाही गरिएको उनले बताए ।   कारबाही गरिएकामा काभ्रेपलाञ्चोकको बनेपा–८ को शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालि, बनेपा–६ स्थित तिमल्सिना प्याकेजिङ एण्ड फुड प्रडक्स प्रालि, बनेपा–८ को चण्डेश्वरी स्पेसल ताजा गुदपाक भण्डार तथा गाईभैंसीको मास दानामा प्रयोग गरिने सामग्री र उत्पादित दाना दूषित भएकोमा बनेपा–८ का जेएम दाना उद्योग र बिना लेवल खाद्य पदार्थ विक्री गरेको अभियोगमा एभर फ्रेस बेकरीलगायत छन् । रासस

दूषित खाद्यवस्तु बिक्री–वितरण गर्ने झापाका ३ उद्योगविरुद्ध मुद्दा दायर

गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए।...

कर्णालीमा खाद्यवस्तु परीक्षण शुरू

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन प्रयोगशाला परीक्षण शुरू गरेको छ । प्रयोगशाला गत जेठमा सञ्चालनमा ल्याए पनि परीक्षण भर्खर शुरू गरिएको कार्यालयले बताएको हो । यसले गुणस्तरयुक्त खाद्यवस्तु पाउने नागरिक अधिकारमा सघाउ पुर्‍याएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए । प्रयोगशालामा अहिले दैनिक उपभोग्य वस्तुको परीक्षण भइरहेको उनको भनाइ छ । ‘दैनिक उपभोग्य वस्तुको गुणस्तर प्रयोगशालामा परीक्षण गर्न थालेका छौं,’ उनले भने, ‘अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । नागरिकलाई गुणस्तरयुक्त खाद्यवस्तु उपभोगमा सघाउ पुगेको छ ।’ यसैबीच, कार्यालयले पछिल्लो तीन महीनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गरेको कार्यालयले ४१ दशमलव ९० प्रतिशत लक्ष्य पूरा भएको बताएको छ, जसअन्तर्गत ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको बताइएको छ । कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढावा दिइएको उनको भनाइ छ । कार्यालयले तीन महीनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९ र होटल/रेष्टुराँ, मिठाई पसल ३३ ओटामा अनुगमन गरेको बताएको छ । अनुगमनका क्रममा कार्यालयले ६ महीनामा रू. ६ लाख ८५ हजार ७०० मूल्यको गैरखाद्य वस्तु जफत गरी नष्ट गरेको र रू. ८ लाख २० हजार मूल्यको खाद्यवस्तु नष्ट गरेको निमित्त प्रमुख थापाले बताए । कार्यालयले हालसम्म रू. १ लाख ९२ हजार राजस्व संंकलन गरेको छ । रासस

उद्योग समितिमा अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिनेगरी आएको बताए । उनले सरकारी कार्यालयहरुमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग […]

वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिनेगरी आएको बताए । उनले सरकारी कार्यालयहरुमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग […]

पेट्रोलियमको मूल्य हाम्रा कारणले बढेको होइन : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले कृषि प्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताएका हुन्। सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्न

दूषित खाद्यवस्तु उत्पादन र विक्री गर्ने ६४ उद्योगविरुद्ध मुद्दा

२६ वैशाख, काठमाडौं । दूषित र न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन र बिक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ६४ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । विभागमा परेको उजुरी र विभागले गरेको अनुगमन क्रममा खाद्य ऐन र नियम विपरीत खाद्य वस्तु उत्पादन र बिक्री गर्ने कम्पनी विरुद्ध मुद्दा दायर गरिएको विभाग प्रवक्ता […]

गुणस्तरहीन खाद्यवस्तु उत्पादन र वितरण गर्नेलाई पाँच वर्ष कैद र पाँच लाख जरिवाना

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गर्ने र बेच्नेमाथि जरिवाना बढ्ने भएको छ । राष्ट्रिय सभाले पारित गरेको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकले जरिवाना बढाएको भएको हो ।विद्यमान ऐनमा १ हजारदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था भएकोमा यसलाई बढाएर ५० हजारदेखि ५ लाख रुपैयाँसम्म पु-याइने विद्येयकमा उल्लेख छ । प्रतिनिधिसभाबाट पारित भएमा अखाद्य […]