योग गुरू रामदेव काठमाडौं आउँदै

काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो । रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ । The post योग गुरू रामदेव काठमाडौं आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.