काभा वुमन्स च्यालेन्ज कप : नेपाल फाइनल पुग्न असफल

१२ जेठ, काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपाल टिम पराजित हुनपुग्यो । पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । […]