निगमको कार्यकारी निर्देशक माग

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।२०७५ साल पुसमा निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि […]

सम्बन्धित सामग्री

आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक भट्टद्वारा पदबहाली

नेपाल आयल निगम लिमिटेडको नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बुधबार दिउँसो ४ बजे पदबहाली गरेका छन्। गत आइतबारको मन्त्रिपरिषद् बैठकद्वारा आगामी तीन वर्षका लािग निगमको कार्यकारी निर्देशक नियुक्त भएका भट्टले...

आयल निगमको कार्यकारी निर्देशक पदका उम्मेदवारको अन्तर्वार्ता फागुन पहिलो साता

२६ माघ, काठमाडौं । नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति फागुन पहिलो सातादेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २ फागुनदेखि ५ फागुनसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको छ । मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने जनाएको छ । नेपाल आयल निगमको […]

उमेश थानी आयल निगमको कार्यकारी निर्देशक

काठमाडौं, २७ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई नियुक्त गरेको हो । २५ फागुनमा थानीसहित तीन नाम छानेर मन्त्रिपरिषदमा नियुक्तिको सिफारिश गरिएको थियो । सिफारिशमा परेकामध्येबाट थानीले नियुक्ति पाएका हुन् । थानीको पृष्ठभूमि नेपाली काँग्रेससँग निकट छ । उनी पेशाले इञ्जिनियर हुन् । […]

आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

२६ फागुन, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस […]

आयल निगमको कार्यकारी निर्देशक नियुक्तिको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस भएको छ ।  कार्यकारी निर्देशक नियुक्तिको लागि गठित सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रसाद सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।आवेदकले पेश गरेको योग्यता, तथा व्यवसायिक कार्ययोजना र  प्रस्तुतिकरणलाई आधार मानेर ३ जनाको नाम सिफारिस गरिएको समितिले जनाएको छ । अब यी मध्येबाट मन्त्रिपरिषद्को बैठकले १ जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धा मार्फत नियुक्त गर्नको लागि आवेदन खुलाएकोमा १७ जनाले आवेदन दिएका थिए। कार्यकारी निर्देशकको लागि जीवन प्रकाश सिटौला, विष्णु बाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकज कुमार दास, हरिवंश आचार्य, आनन्द प्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र संजय कुमारले आवेदन दिएका थिए।आवेदन दिनको लागि नेपालको नागरिक भएको, निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनु पर्ने ब्यबस्था थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने छ। साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम पैंतीस वर्ष पुरा भई पैंसट्ठी वर्ष उमेर ननाघेको हुनु पर्ने ब्यबस्था थियो ।दरखास्तसाथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा १० को उपदफा ३ वमोजिमका कागजात तथा विवरण स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने ब्यबस्था थियो  ।  दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साईजको फोटो तथा निर्देशिकाको दफा १० को उपदफा ४ वमोजिमको व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नवढ्ने गरी) छुट्टै खाममा सिलवन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तसाथ पेश गर्नुपर्नेछ । सिलवन्दी खाम बाहिर “नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन तथा व्यवसायिक कार्ययोजना' उल्लेख गरेको हुनुपर्ने ब्यबस्था गरिएको थियो ।

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

पुस २५, काठमाडौं । सरकारले नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।  निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतवार सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र दरखास्त दिन दिन सक्नेछन्।  कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनीयरिंग वा कानून विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ।  इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, अनुभवसहित ५ हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ।  दरखास्त दस्तुर भने ५ हजार रुपैयाँ तोकिएको छ।  पहिलोपटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलको तीनवर्षे कार्यकाल गत पुस २२ गतेबाट सकिएको थियो। यो पनि हेर्नुस् : नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । निगमको कार्यकारी निर्देशक हुन निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन, पाँच हजार आवेदन शुल्क

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए […] The post आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन, पाँच हजार आवेदन शुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक.

आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु

काठमाडौं । सरकारले नेपाल आयत निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु गरेको छ । तीनवर्षे कार्यकाल पूरा गरेर सुरेन्द्र पौडेल बाहिरिएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । पौडेको कार्यकाल यही पुस २२ गते सकिएको थियो । कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित...