संसदमा प्रिबजेट छलफल, अधिकांश कुर्सी खाली (फोटो)

काठमाडौं : संघीय संसदमा प्रिबजेट छलफल सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले पेश गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको हो । मुलुक चरम आर्थिक मन्दीतर्फ उन्मुख भइरहेका बेला बजेटसम्बन्धी महत्वपूर्ण छलफमा सांसदहरू अत्यन्तै न्यून उपस्थिति छ। सांसदहरु बोल्दै निस्कँदै गर्ने गरेका छन्। बिहान ११ बजे सुरु भएको बैठक लगातार लामो समय चल्ने गर्दा सांसदहरूले अन्तिमसम्म बस्ने धैर्यता गर्दैनन्। जसले गर्दा यस्ता छलफल कर्मकाण्डी बन्ने गरेका छन्।