निष्क्रिय कर्जा बढेसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९२ दशमलव २९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ९ करोड ९९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ७७ लाख ७ हजारमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकोले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ९७ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ९ दशमलव ८४ प्रतिशत पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०९ रूपैयाँ ५२ पैसा रहेकोमा चालू आवमा घटेर ३ रूपैयाँ ८५ पैसा (वार्षिक) मा झरेको छ ।  कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ११ दशमलव ३९ प्रतिशत बढेको छ । गत आवमा कम्पनीले रू. १५ करोड ७७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १७ करोड ५७ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६४ लाख रहेको छ । कम्पनीले जगेडामा रू. २४ करोड ६७ लाख र रिटेन्ड अर्निङमा रू. ६ करोड २४ लाख सञ्चित गरेको छ । कम्पनीको तरलता अनुपात ११ दशमलव ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१६ दशमलव शून्य ३ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

सिवाईसी नेपाल लघुवित्तको खुद नाफा ८७.४३ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ दशलमव ४३ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवमा रू. १ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ लाखमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशलमव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले पनि नाफा प्रभावित भएको हो ।  गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २८ लाख २४ हजार रहेकोमा चालू आवमा बढेर रू. ४३ लाख २३ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १३ लाख ७६ हजार ऋणात्मक छ ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा रहेकोमा चालू आवमा घटेर २ रुपैयाँ ८६ पैसामा झरेको हो । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२१ दशमलव २३ र तरलता अनुपात ९ दशमलव ७५ प्रतिशत छ ।  चुक्ता पूँजी रू. २६ करोड ६४ लाख रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा रू. ३२ करोड २९ लाख सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्