मकैमा अमेरिकी फौजी किराको हमला, किसान चिन्तित

बैतडी : जिल्लाका अमेरिकी फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएको हो। यहाँका अधिकांश खेतबारीमा फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित छन्। मकैको पकेट क्षेत्र मानिने यो क्षेत्रमा किराले मकैको बोट सखाप पार्ने गरेको छ। लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो। कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा अमेरिकी फौजी किराको प्रकोप देखा परेको छ।&n