दाङ – नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (२) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयमै पुगेर विद्यार्थीसँग मत मागेका छन् ।
निर्वाचन आचारसंहिता विपरीत दाङको बबई गाउँपालिका १ गंगटेमा रहेकाे सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता, कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन् । केही दिनअघि विद्यालयमा पुगेर उनीहरूले गरेकाे भेलाकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
...