भारी बोकेर दुई दिन हिँडेको बाटो अब छ घण्टामै वारपार

फालेलुङ-५ प्राङबुङका बमबहादुर लिम्बूले आँगनमै गाडी आउँला र सदरमुकाम हुँदै मधेससम्म पुगिएला भन्ने कल्पना गर्नुभएको थिएन। दशक अघिसम्म सदरमुकाम आएर फर्किन दुई दिन लाग्ने बाटो भएर आजकल उहाँ ६ घण्टामै आउजाउ गर्न थाल्नुभएको छ।