गोरखाको भिमसेनथापा गाउँपालिकाले ६२ करोड,२६ लाख ८८ हजारको बजेट ल्याएको छ । गत शुक्रबार बसेको गाउँसभाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६२ करोड भन्दा बढीको बजेट ल्याइएको हो । जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान १४ करोड ४५ लाख, सशर्त अनुदान २३ करोड, ५५ लाख, र पुँजीगत अनुदानतर्फ १ करोड १५ लाख रहेको छ । यसै गरी संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक ग्राम स्थापनाको लागि ९२ लाख,राजस्व बाँडफाँटतर्फ ८ करोड ४४ लाख ६८ हजार गरी जम्मा ४८ कर