महोत्तरी १ ‘ख’ बाट माओवादीका भरत साह निर्वाचित

महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख बाट माओवादी केन्द्रका नेता भरतप्रसाद साह निर्वाचित भएका छन् । एमालेका राम श्रेष्ठलाई २ हजार ५ सय मत अन्तरले पराजित गरेका हुन् । साहले ८ हजार ३७१ मत ल्याएर विजयी भएका छन् भने एमालेका श्रेष्ठ ५ हजार ८७१ मत ल्याएर पराजित गरेका हुन् । साहले यसअघि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । हाल मधेस प्रदेशका अन्तरिम मामिला तथा योजना मन्त्री छन् ।

सम्बन्धित सामग्री

माओवादी मधेस प्रदेश संसदीय दलका नेतामा साह निर्वाचित

जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित भएका छन् । माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका युवराज भट्टराईले मात्र ३ मत पाएको निर्वाचन समितिले जनाएको छ । महोत्तरी क्षेत्र नम्वर १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता […]

महोत्तरी १ (ख) बाट माओवादीका साह पुनः विजयी

सत्तागठबन्धनका साझा उम्मेदवार भरत साह महोत्तरी क्षेत्र १ (ख) बाट ८३७१ मतसहित पुनः निर्वाचित भएका छन्। उनका

प्रदेश २ सरकारमा माओवादीबाट बने साह मन्त्री र कर्ण राज्यमन्त्री

नेकपा (माओवादी केन्द्र)बाट दुई जना मन्त्रीले शपथ लिएका छन् ।शनिबार प्रदेश प्रमुख डा राजेश झा अहिराजले भरत साह आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन् । साह महोत्तरी क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।