प्रधानमन्त्री ओलीसँग सातवटा मन्त्रालय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटा मन्त्रालय रहने भएको छ। आज मन्त्रिपरिषद् पुनर्गठन गरेपछि प्रधानमन्त्री ओलीसँग सातवटा मन्त्रालय रहने भएको हो। तत्कालका लागि रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीसँगै रहने भएको छ।

सम्बन्धित सामग्री

मन्त्री बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने

काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन् । यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट […]

काँग्रेसका दुई जनाको मन्त्रालय हेरफेर

नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका दुई जनाको मन्त्रालय हेरफेर भएको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् गठन गर्दा ज्ञानेन्द्रबहादुर कार्कीको मन्त्रालय परिवर्तन भएको छ ।यसअघि कानुनमन्त्री रहेका कार्कीको मन्त्रालय परिवर्तन भएर उनले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन् ।  यस्तै यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठ राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

मन्त्रालय भागबण्डाबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच निर्णायक वार्ता सुरु

काठमाडौं, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । सरकारलाई पूर्णता दिने विषयमा देउवा र दाहालबीच निर्णायक वार्ता सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा मन्त्रालयको भागबण्डाबारे सहमति हुने भएको हो । मन्त्रालय भागबण्डाबारे सहमति हुन नसक्दा अहिलेसम्म सरकारले पूर्णता नपाएको […]

मन्त्रालय भागवण्डाका विषयमा बालुवाटारमा छलफल

सरकारले पूर्णत पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेका छन् । मन्त्रालय भागवण्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ । बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा छलफल भैरहेको जनाइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम माग्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेश

क–कसको मन्त्रालय खोसियो ?

२१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ । जसपाले पाएको […]

महत्त्वपूर्ण मन्त्रालय माग्न महन्थ ठाकुर फेरि बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि महत्त्वपूर्ण मन्त्रालय दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर शुक्रवार फेरि बालुवाटार पुगेका छन् । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ ।  जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय लिन...