काठमाडौं : अष्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स- २०२२ मा सहभागी भएर प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैछन्। शर्मा आज साँझ काठमाडौं आइपुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको (सिएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए।साउन ९ देखि ११ गतेसम्म भएको उक्त कन्फरेन्समा एशिया प