जनकपुर बम काण्डबारे उच्च अदालतको फैसलाप्रति पीडितहरु असन्तुष्ट

आइतबार अबेर उच्च अदालत जनकपुरले जनकपुर बम काण्डका सम्बन्धमा फैसला गरेलगत्तै सो घटनाका पीडितहरु मर्माहत भएका छन् । उच्च अदालत जनकपुरले धनुषा जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै मुख्य योजनाकारको जन्मकैदको सजायलाई घटाएर सात वर्षसम्मको सजाय सुनाएको छ । उच्च अदालतको यो फैसलाले मिथिला आन्दोलनका सहिद परिवारदेखि घाइतेहरूसमेत निकै आक्रोशित बनेका छन् । उनीहरु उच्च अदालतको सो फैसलालाई पुनरावेदनको माग गर्दै सर्वोच्च अदालतमा जाने बताउँछन् ।के हो जनकपुर बम काण्ड ?पहिचान, अधिकार, सांस्कृतिक र भाषाको संरक्षण तथ