सुदूरपश्चिममा कोरोना भयावह : अक्सिजनको चरम अभाव

धनगढी : टीकापुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गएको दुई दिनमा १० जनाको मृत्यु भइसकेको छ। अस्पतालमा १३ जना कोभिड–१९ एचडियुमा भर्ना छन्। ३५ जना शंकास्पद संक्रमित डाक्टरको निगरानीमा छन्। अस्पतालमा शय्या अभाव हुँदा उनीहरूको अस्पताल बाहिर आँगनमा राखेर उपचार भइरहेको छ।अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल भन्छन्, ‘समुदायमा संक्रमण फैलिसकेको छ। जटिल संक्रमितलाई बचाउन कठिन छ।’ संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। ‘अहिलेसम्म जसोतसो गरी

सम्बन्धित सामग्री

सुदूरपश्चिममा अक्सिजन लुछाचुँडी, चिकित्सक भन्छन् : स्थिति भयावह हुन सक्छ

धनगढी : कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरू भरिभराउ छन्। सुदूरपश्चिममा कोरोना संक्रमितका लागि आवश्यक अक्सिजन अभाव भएको छ। अक्सिजनको सर्पोट चाहिने संक्रमित संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको प्रदेशका अस्पतालहरूमा अक्सिजन चरम अभाव भएको हो।अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भइरहेको अवस्था छ।‘अक्सिजनको अभाव छ। प्रदेशको एकमात्र उद्योग धनगढीस्थित मालिका अक्सिजन उद्योगले मागला