चीन र भारतले तोड्न सक्लान् विश्व व्यापारमा डलरको एकछत्र राज ?

काठमाडौं । फ्रान्सले हालै मात्रै चिनियाँ मुद्रा युआन (रन्मिन्पी) प्रयोग गरेर तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) किनेको छ । संयुक्त अरब इमिरेट्स ‍(यूएई)बाट गएको महीनाको अन्त्यतिर ६५ हजार टन बराबरको एलएनजी फ्रान्स पठाइएको छ । सोको भुक्तानी युआनमा गरिएको भन्दै हालै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।  चीनको सरकारी तेल कम्पनी सीएनओओसी र फ्रान्सको बृहत् ऊर्जा कम्पनी टोटल इनर्जिजले शाङ्हाई पेट्रोलियम तथा प्राकृतिक ग्यास एक्सचेञ्जमार्फत एलएनजीका लागि पहिलो पटक युआनमा भुक्तानी गरेका छन् । चिनियाँ युआन प्रयोग गरेर फ्रान्सले एलएनजी किनेको यो पहिलो पटक हो ।  तर, फ्रान्सलाई बेचिएको यो तेल आफूले रुससँग किनेको हो भनेर चीनले भनेको छैन । टोटलले भने यूएईबाट एलएनजी ल्याएको भनेर पुष्टि गरेको भए पनि यसको थप विवरणहरू भने खुलाएको छैन । यसलाई धेरैले विश्व व्यापारमा डलरको एकछत्र राज सकिने संकेतको रूपमा हेरेका छन् ।  चीनले पछिल्लो समय रुससँग भारी मात्रामा तेल र ग्यास किनिरहेको छ । विश्व व्यापारमा डलरको वर्चश्व कमजोर पार्न अनि रन्मिन्पी (युआनको अर्को नामलाई) अन्तरराष्ट्रिय मुद्राका रूपमा स्थापित गर्न हालैका वर्षमा चीन लागिपरेको छ । यो लक्ष्य प्राप्तिका लागि तेल तथा ग्यासको कारोबारमा युआनमै भुक्तानी गर्नमा उसले विशेष जोड दिँदै आएको छ ।  गएको वर्षको डिसेम्बरमा साउदी अरब भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सि चिनफिङले तेल र ग्यास व्यापारमा युआनमा भुक्तानीका लागि शाङ्हाई एक्सचेञ्जको पूरा प्रयोग गर्ने घोषणा गरेका थिए । टोटलले यही संयन्त्रको प्रयोग गरेर युआनमा भुक्तानी गरेको हो ।  चिनियाँ युआनले अहिले नै विश्व व्यापारमा डलरको वर्चश्व सखाप भने पार्न सक्दैन । विश्वको मुद्रा सञ्चिति र व्यापार भुक्तानीमा डलरको अनुपात ४१ प्रतिशत छ भने युआनको २ दशमलव ७ प्रतिशत मात्रै छ । युआन डलर‍जतिको स्थिर पनि छैन । गएको वर्षको पूर्वार्द्धमा युक्रेनमा आक्रमण गरेयता पश्चिमी राष्ट्रहरूले लगाएको चर्को प्रतिबन्धबीच रुसले पनि युआन स्वीकार गर्ने क्रम तीव्र भएको छ ।  रुसी अर्थतन्त्रको खम्बा तेलमाथि निशाना बनाउन पश्चिमी देशहरूले कठोर खालको प्रतिबन्धहरू लगाइरहेको समयमा अमेरिकी डलर र यूरोप्रतिको ‘एक्सपोजर’ कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युआन एक मात्रै विकल्प बनेको छ । डलरमाथिको निर्भरता कम गर्न अनि घरेलु मुद्राको अन्तरराष्ट्रियकरण गर्न भारतले पनि हालैका वर्षहरूमा भारतीय रुपया (भारु)मा कारोबार र भुक्तानीमाथि विशेष जोड दिइरहेको छ ।  डलर धेरै बलियो बनेको वा अभाव भएको समयमा विश्वको मुद्रा विनिमय बजारमा उतारचढाव आएर महँगी बढ्ने अनि ब्याजदर अकासिने अवस्थाबीच अहिले भारत र चीनले विश्व व्यापारमा डलरको प्रभुत्व कम गर्न छुट्टाछुट्टै प्रयास थालेका छन् । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले हालै मात्रै तान्जानिया, केन्या र युगान्डासमेतका १८ देशलाई विशेष खालको भोष्ट्रो रुपया खाता खोल्न अनुमति दिएको थियो ।  विश्व व्यापारमा डलरलाई विस्थापित गर्ने बृहत् पहलका रुपमा भारुमै भुक्तानी गर्न सो प्रयास गरिएको हो । आरबीआईले भोष्ट्रो खाता खोल्न दिएका अन्य देशहरूमा बोत्स्वाना, फिजी, जर्मनी, गुएना, इजरायल, मलेशिया, मरिसस, म्यानमार, न्यूजिल्यान्ड, ओमान, रुस, सेशेलस, सिंगापुर, श्रीलंका र बेलायत छन् । भारतका संघीय वित्त राज्यमन्त्री भागवत कृष्णराव कारदका अनुसार आरबीआईले यस्तो खालको ६० ओटा अनुमति दिएको छ ।  यो व्यवस्थाअन्तर्गत भारतीय आयातकर्ताहरूले विदेशी व्यापारीलाई भारुमा भुक्तानी गर्दा भुक्तानी गरेको रकम भोष्ट्रो खातामा जानेछ । भारतीय निर्यातकर्तालाई उसले बेचेको वस्तु र सेवाको भुक्तानी चाहियो भने आयातकर्ताको भोष्ट्रो खातामा रहेको पैसा काटिनेछ । ००० चिनियाँ राष्ट्रपति सि चिनफिङको राजकीय रुस भ्रमणको समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ युआनलाई ‘इन्डोर्स’ गरेका थिए । मार्च २१ मा सि र पुटिनबीच १४ ओटा आर्थिक सम्झौता भएको छ । यसमा वैज्ञानिक सहकार्यदेखि टिभी कार्यक्रम उत्पादनमा सहकार्यका साथै विश्वभर डलरको जगजगी कम गर्ने उपायहरू खोज्नेसम्मका विषयहरू समेटिएको छ । विकासशिल देशहरूमा रुसी लगानीका लागि चिनियाँ युआनलाई प्रयोग गरिने पुटिनले बताएका थिए । रुस अनि एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूबीच भुक्तानीको माध्यमको रूपमा चिनियाँ युआनको प्रयोगको पक्षमा आफूहरू भएको पुटिनले भनेका थिए ।  चीनले युआनलाई सञ्चिति मुद्रा बनाएर विश्वभर सबैले स्वीकार गर्ने मुद्राका रूपमा परिणत गर्ने अनि यसलाई विश्वव्यापी भुक्तानीको माध्यम बनाउने जोड दिइरहँदा युआनको प्रयोग विश्वभर बढेको छ । डलर महँगिएर किन्नै नसक्ने बनेपछि अफ्रिकी अर्थतन्त्रहरूले पनि डलरको सट्टा युआनलाई सञ्चिति मुद्राको रूपमा प्रयोग गर्न थालेका छन् । चीनले बेलायत, सिंगापुर, हङकङ, उत्तर अमेरिकी बजारहरूमा अफशोर युआन भुक्तानी केन्द्र खोलेको छ । यसबाहेक ४१ देशहरूसँगको करेन्सी स्वाप पनि युआनमै छ ।  बेलाबेलामा अमेरिकासँग कहिले राजनीतिक त कहिले व्यापार तनाव बढिरहेको अवस्थामा चीनले आत्मनिर्भर हुन डलरमाथिको निर्भरता सकेसम्म कम गर्न खोजिरहेको छ । डलर बलियो बनेर आफ्नो निर्यात महँगो हुन थालेपछि निर्यातको लागत कम गर्नसमेत विश्व व्यापारमा चीन डलरको प्रयोगलाई सकेसम्म छल्न खोज्दैछ । अहिले डलर सन् १९७१ मा यसको खुला विनिमय शुरु भएयताकै तेस्रो ‘सेक्युलर’ बुलिश अवस्थामा छ । सन् २०२२ को मार्चमा साउदीले पनि चीनलाई बेचिने तेलको भुक्तानी युआनमै गर्न शुरु गर्ने विचार गरेको बताएको थियो । विश्वको वित्तीय प्रणालीमा डलरको प्रभावलाई कमजोर बनाउन नै लक्षित थियो । अहिले विश्वभर किनबेच हुने झन्डै ८० प्रतिशत तेलको भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ । एशियाका दुई ठूला उदीयमान शक्ति राष्ट्रहरूले डलरको प्रभाव कम गर्न अरु देशहरूसँगको व्यापारमा घरेलु मुद्रा प्रयोग गर्ने रणनीति बनाएका छन् । यस्तोमा माल्दिभ्स लगायत अन्य देशहरूले पनि डलरमाथिको निर्भरता कम गर्न खोजिरहेका छन् । यसले डलरको वर्चश्वलाई कस्तो खालको असर पर्ला ? यो भने हेर्न बाँकी नै छ । एजेन्सीहरूको सहयोगमा 

सम्बन्धित सामग्री

भारतले टस जित्यो, आश्विन बेन्चमा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेको छ । इंग्ल्यान्डको द ओभलमा सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा चार तीव्र गतिका बलरलाई मैदान उतार्दा स्पिनरमा रविन्द्र जडेजालाई मात्रै मैदान उतारेको छ । पिच तीव्र गतिका बलर सहयोगी […] The post भारतले टस जित्यो, आश्विन बेन्चमा first appeared on Hamro Khelkud.

राेमाञ्चक खेलमा भारतले बङ्गलादेशलाई ५ रनले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले बङ्गलादेशलाई हराएकाे छ । आज बुधवार एडिलेडमा भएकाे राेमाञ्चक खेलमा भारतले बङ्गलादेशलाई पाँच रनले हरायाे ।  वर्षाले प्रभावित भएकाे खेलमा १६ ओभरमा एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेशले छ विकेट गुमाएर एक सय ४५ रन बनायाे । उसका लागि लिटन दासले ६० र नुरुल हसनले २५ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पान्डेयाले दुई/दुई विकेट लिए ।  यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक ...

टी–२० विश्व कप : भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायाे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कपमा भारतले नेदरल्यान्ड्सलाई हराएकाे छ । सिड्नी क्रिकेट मैदानमा भएकाे खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायाे ।  भारतले दिएकाे एक सय ८० रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय २३ रनमात्र बनाउन सक्याे । उसका टिम प्रिङ्गलले २० र काेलिन एकरम्यानले १७ रन बनाए । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा दुई विक...

रनको वर्षामा बने पाँच विश्व कीर्तिमान

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा पाँच विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आई सिरिज जित्न सफल भएको हो । गुवाहाटीमा टस हारेर पहिला […]

भारतले टि२० विश्वकप २०२२ जित्न नसक्ने पाँच कारण

भारत विश्व क्रिकेटको पावरहाउस टोली मानिन्छ । अन्तर्राष्ट्रिय स्तरमा भारतले तीनै शैलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर भारत पछिल्लो एक दशकयता टोली आइसिसी उपाधि विहीन छ । पछिल्लो पटक आइसिसी उपाधिको रुपमा भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । भारतले विश्वकपको रुपमा पछिल्लो पटक सन् २०११ मा एकदिवसिय […]

नेपालमा मनाइँदै विश्व हिन्दी दिवस

नेपालमा पनि सोमबार विभिन्न कार्यक्रम गरी विश्व हिन्दी दिवस मनाइँदै छ । नेपालस्थित भारतीय दूतावासले एक कार्यक्रम आयोजना गरी नेपालका साहित्यकारका साथमा सो दिवस मनाइरहेको हो । भारतले हिन्दी भाषाको प्रचार, प्रसारका लागि २००६ देखि विश्व हिन्दी दिवस मनाउन सुरु गरेको हो । हुनत् भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा विश्व हिन्दी दिवसको उद्घाटन गरेकी थिइन् । तर विधिवत रुपमा २००६ जनवरी १० देखि मनाउन थालिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । हिन्दी भाषा विश्वका विभिन्न ३०

भारतले टि२० विश्वकप जित्न सक्ने पाँच बलिया आधार

एजेन्सी – भारत विश्व क्रिकेटको पावर हाउस हो । भारतले अन्तर्राष्ट्रिय तीनै शीली (टेस्ट, ओडिआई र टि२० आई) मा घरेलु भूमि र विदेश दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यसैले भारत हरेक प्रतियोगिता उपाधि दाबेदार टोलीमा अग्रस्थानमा आउँछ । भारत संयुक्त अरव इमिरेट्स (युएई) मा जारी आइसिसी टि२० विश्वकप २०२१ को उपाधिको पनि प्रमुख […]

विश्वभर भारतले दियो दुई करोड २२ लाख खोप, कति निशुल्क कति बेच्यो ?

कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको बताए ।   एक करोड ६५ लाख खोप आर्थिक कारोवारसहित प्रदान गरिएको हो । माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपल...