‘ल्याब परीक्षणपछि रिपोर्ट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता थियो,’ निर्देशक डा. शर्माले भने, ‘त्यसलाई सहज बनाउन तथा भीड व्यवस्थापन गर्न गत हप्तादेखि स्वचालित रिपोर्ट मुद्रण प्रणाली लागू गरिएको हो।’
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। यहीँ वैशाख १७ गते शुक्रबार दिउँसो १:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बस्ने तय गरिएको उल्लेख […]
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिँदै उक्त कदमलाई सकारात्मक भनेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘उहाँले राजीनामा दिनुभयो, त्यो राम्रो गर्नुभयो ।’ गुरुङमाथि अस्वभाविक सम्पत्ति विवरण र व्यवसायीसँगको सम्बन्धलाई लिएर विवाद उत्पन्न भएपछि उनले बुधबार दिउँसो राजीनामा दिएका थिए । सोही विषयमा उठेका प्रश्न […]