कोल्टी र कवाडीमा चामल पर्याप्त

कालिकोट। जिल्लाको पूर्वी-उत्तरी भेगमा रहेको कोल्टी शाखा र बिक्री केन्द्र कवाडीमा चामलको मौज्दात पर्याप्त रहेको जनाएको छ । कोल्टी खाद्य संस्थानमा हाल एक हजार १०० क्‍विन्टल चामल रहेको शाखा प्रमुख नवीन आचार्यले बताए। थप ९० क्‍विन्टल चामल सुर्खेतबाट आइसकेकाले निषेद्याज्ञामा पनि कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले बताए। यस्तै कवाडी खाद्य डिपोमासमेत चामल मौज्दात रहेको बताइएको छ।

सम्बन्धित सामग्री

जीवन बदल्दै कर्णाली करिडोर

दसैं मुखैमा आएकाले चामलको जोहो गर्नु थियो । गाउँघरमा चामल पाउने कुरै थिएन । चार दिन हिँडेर बाजुराको कोल्टी पुग्नुको विकल्प थिएन । हुम्लाको अदानचुली–२ श्रीनगरका तेजबहादुर, कल बुढा र हरू बुढा चामल ल्याउन भेडा–च्याङ्ग्राको बथान लिएर कोल्टी हिँडे ।

हिमाली गाउँमा बोट बचाऊ चामल खाऊ कार्यक्रम प्रभावकारी बन्दै

बाजुरा । हिमाली गाउँपालिका बामु–४ की निरुकला रोकायालाई गत वर्षसम्म स्याउ कस्ता हुन्छन् भन्ने थाहै थिएन । आफ्नै बारीमा फलेको स्याउको स्वाद चाखेसँगै उहाँले स्याउबारे थाहा पाउनुभयो । ‘अगाँत (अगाडि) हामी गाउँलेलाई स्याउ भनेको के हो थाहै थिएन । कोल्टी, धनगढी काठमाडौं गएका मान्ठा (मान्छे) लाई थाहा हुँदो हो । हामी घरको धेलो (दैलो) नछोड्नेलाई […]

चामल नपाएपछि आँसु झार्दै घर फर्किन बालिका जुनकला बुढा

बाजुरामा करिब ३ महिनादेखि खाद्यान्न अभाव भएको छ । वर्षातका कारण गत असारदेखि अवरुद्ध बनेको साँफे मार्तडी र कोल्टी मार्तडी सडक खण्ड सुचारु नभएपछि बाजुरामा खाद्यान्नको चरम समस्या भएको हो । वर्षातले क्षतबिच्छेद वनेका सडकखण्ड सुचारु ग्र्न राज्य निकायले ध्यान नदिएकाले खाद्यान्न ढुवानीमा समस्या उत्पन्न भए पछि अहिले खाद्यान्न समस्या भएको जनाइएको छ ।गत असारको […]

बाजुरा जिल्लामा खाद्यान्न अभाव

मोहन कार्की बाजुरा । बर्षेनी खाद्य संकटसंग मुकाविला गर्दे आएको बाजुरामा यस बर्ष पनि खाद्य संकट शुरु भएको छ । जिल्लाभरी खाद्यान्न बितरण गर्दे आएको कोल्टी शाखामा यस बर्ष पनि मौजात १ सय १८ कुइन्टल मात्र बाकी रहेको छ । चामल सकिएपछि शाखाले हप्तामा एक दिन मात्र १० केजीका दरले चामल बिक्रि गर्ने नियम बनाएको […]

कर्णालीमा साढे १० हजार क्वीन्टल खाद्यान्न ढुवानी

वीरेन्द्रनगर (अस) । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि कर्णालीमा खाद्यान्न ढुवानी सहज रूपमा भइरहेको छ । प्रदेशका ६ जिल्लामा खाद्यान्न ढुवानी भइरहेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ । कर्णालीका विभिन्न जिल्लामा साढे १० हजार क्वीण्टल खाद्यान्न ढुवानी भएको कम्पनीले बताएको छ । वैशाख १४ गतेदेखि प्रदेशका सबैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । यो अवधिमा पनि खाद्यान्न ढुवानी भने सहज रूपमा भइरहेको कम्पनीका प्रबन्धक माधव मिश्रले बताए । उनका अनुसार निषेधाज्ञा लागू भएदेखि विभिन्न जिल्लामा कुल १० हजार ६४६ क्वीन्टल ८५ केजी खाद्यान्न ढुवानी भएको छ । सो अवधिमा हुम्लामा सबैभन्दा धेरै ६ हजार ५९४ क्वीण्टल ५५ केजी चामल ढुवानी भएको छ । यस्तै डोल्पामा १ हजार ४५४ क्वीन्टल ९० केजी, मुगुमा १ हजार ६१७ क्वीन्टल ४० केजी, जुम्लामा २७० क्वीन्टल तथा कालीकोट र दैलेखमा १८० क्वीण्टलका दरले खाद्यान्न ढुवानी भएको हो । बाजुरास्थित कोल्टी डिपोमा पनि ३८० क्वीण्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीले बताएको छ । निषेधाज्ञा अवधिमा ७ करोड २६ लाख १ हजार ४४ रुपैयाँ बराबरको खाद्यान्न ढुवानी भएको कम्पनीले जानकारी दिएको छ ।

खाद्य व्यवस्था कम्पनी बाजुरामा सकियो मौज्दात चामल

जेठ ८, बजुरा । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ । महामारीको कहरमा निषेधाज्ञामा चामल विक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल विक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामलसमेत सकिएको प्रमुख ओझाले जानकारी दिए ।   खाद्यमा चामल सकिएको दुुई दिन भएको र अहिले विक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गरे । जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामलमात्र रहेको र सर्वसाधारणलाई विक्री गर्न मौज्दात चामल नभएको उनी बताँछन् । सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ । साँफे–मार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले दिए ।  खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ । संस्थानले मोटो चामल प्रतिकिलो रू. ४५ र जिरा मसिनो प्रतिकिलो रू. ६६ मा विक्री गर्दै आइरहेको थियो ।  कोल्टी र कवाडीमा चामल यथावत् जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको कोल्टी शाखा र विक्री केन्द्र कवाडीमा भने चामलको मौज्दात यथावत् रहेको शाखाले जानकारी दिएको छ । कोल्टीमा खाद्य संस्थानमा हाल एक हजार १०० क्विन्टल चामल विक्री नभएको शाखाप्रमुख नवीन आचार्यले बताए ।  निषेधाज्ञामा  चामल  अभाव नहुने आचार्यको भनाइ छ । अहिले एक हजार १०० क्विन्टल यथावत् छ भने ९० क्विन्टल सुर्खेतबाट आइसकेकाले कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले जानकारी दिए ।  यस्तै हिमाली गाउँपालिकाको कवाडीमा समेत चामल मौज्दात रहेको शाखाप्रमुख  आचार्यले बताए । कोल्टीबाट कवाडीका लागि एक हजार क्विन्टल पठाइसकेकाले केही मौज्दात रहेको आचार्य बताउँछन् ।   खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा चामलका लागि धाइरहेका छन् । खुलेआम कालोबजारीभन्दा पनि व्यापारीले अघोषितरुपमा चामलमात्र नभई दैनिक उपभोग्य सामानमा कालोबजारी गरिरहेको नागरिक समाजका अगुवा बताउँछन् । जिल्ला प्रशासन कार्यालयले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । उनले कालोबजारी गरेको नभेटिएको उजूरी  नआएकोे भए पनि बजारमा  खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको मौखिकरुपमा जानकारी आउने गरेको जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालयले बजारमा खाने तेलको मूल्यभन्दा बढी मूल्य लिने पाँच व्यापारीलाई पक्राउ गरी कारबाही गरेको सहायक प्रजिअ भण्डारीले बताए । रासस

जनता खाद्य संकटमा, जहाज मदिरा ढुवानीमा

बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य संकट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन

जनता खाद्य सङ्कटमा, जहाजमा मदिरा ढुवानी

जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ।