राप्रपाका नेता गणेश शेरचनको निधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता गणेश शेरचनको निधन भएको छ। मधुमेह र मिर्गौला रोगबाट पीडित ७८ वर्षीय शेरचनको आइतवार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।शेरचनको आइतवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ। राप्रपाको संस्थापक नेता शेरचनले तत्कालीन राप्रपा नेपालको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका  थिए। उनका श्रीमती‚ ३ छोरा र १ छोरी छन्।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको