एन्फाको नयाँ नेतृत्वका लागि मतदान सकियो, केही बेरमा मतगणना हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि मतदान सकिएको छ  । सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेजमा ८४ निर्वाचन प्रतिनिधिले मतदान गरेका छन् ।  अब केही समयमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  एन्फाको २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका आकाङ्छि छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । चुनावको लागि अध्यक्ष पदमा तीन, वर

सम्बन्धित सामग्री

एमाले गण्डकी : मतदान सकियो, मतगणनाकाे तयारी

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशकाे नेतृत्वका लागि भएकाे मतदान सकिएकाे छ । बिहीबार दिउँसाे १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । कुल ९ सय ७ प्रतिनिधि रहेकामा ८ सय ९६ जना मतदानमा सहभागी भएकाे निर्वाचन कमिटीले जानकारी दिएकाे छ । विद्युतीय माध्यमबाट भएकाे मतदानकाे केहीबेरमा मतगणना सुरु गर्ने ...

निर्माण महासंघको चुनाव : मतदान सकियो, केही बेरमा मतगणना हुने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतदान सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदानमा करिब ९५ प्रतिशत मत खसेको अनुमान निर्वाचन समितिको छ । महासंघको अध्यक्षका लागि रवि सिंह, निकोलस पाण्डे र हुमनाथ कोइरालाले अध्यक्षमा उमेदवारी दिएका छन् । सिंह वर्तमान कार्यसमितिका अध्यक्ष हुन भने पाण्डे...

कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना

नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अध

नाडाको मतदान सकियो, केही बेरमा मतगणना

काठमाडौं । नाडा अटो मोबाइल एसोसिएसनको नयाँ नेतृत्वका लागि आज विहान ९ बजेबाट सुरु भएको मतदान सकिएको छ । केही समय अघि मात्रै मतदान सम्मपन भएको हो । नाडा निर्वाचन समिति अनुसार ३१ सय मतदाता मध्ये २७ सय ८८ जनाले मात्रै मतदान गरेका छन् । नाडाका मतदाता मध्ये ३ सय १२ जनाले भोट नहालेको निर्वाचन […]

राप्रपा महाधिवेशनः मतदान सकियो

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ  । बाँकी मतदाता भने अनुपस्थित रहे । निर्वाचन समितिले रातिदेखि नै प्रक्रिया पुरा गरेर मतगणना सुरु गर्ने जनाएको छ । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

लुम्बिनीमा मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा १ हजार ६ सय ३१ जना प्रतिनिधिले मतदान गरेका छन् । कुल १ हजार ६ सय ७० मतदाता रहेकोमा ३९ जना अनुपस्थित रहे । कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापनपक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट […]