४१ करोड रुपैयाँमा बन्ने चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास

भक्तपुर – चाँगुनारायण नगरपालिकाले ४१ करोड रुपैयाँको लागतमा वडा नं ५ को घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।  सार्वजनिक रूपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको मङ्गलवार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।  तीन हजार ६ सय ४० स्क्वायरफिटमा बन्ने ६ तलाको भवन कलात्मक र परम्परागत शैलीमा निर्माण हुने छ ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले नगरपालिकाको नय...