पक्राउ परेका सांसद चौधरीलाई कैलाली जिल्ला अदालत लगिँदै

उनलाई आजै नेपालगन्जबाट धनगढी जिल्ला अदालत लैजाने नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेल जानकारी दिए।...

सम्बन्धित सामग्री

सात वर्ष जेल बसेपछि निर्दोष ठहरिए सन्तकुमार

टीकापुर घटनामा संलग्न भएको आरोपमा सन्तकुमार चौधरी २०७३ वैशाखमा पक्राउ परेका थिए । कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएपछि उनी निरन्तर थुनामा थिए । सर्वोच्च अदालतले भने मंगलबार उनलाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दियो ।

भुपेन्द्र हत्या प्रकरण : आफन्तद्वारा धनगढीमा धर्ना र प्रदर्शन

धनगढी – कैलालीको लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। उनीहरूले फरार अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाहीको माग गरेका हुन्। हत्यारालाई कारबाही गर्न माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ। बडुवालका आफन्तले अदालतको गेट नै अवरुद्ध हुने गरी प्रदर्शन गरेका हुन्। उनीहरुले ‘हत्याराहरूलाई […]

उच्च अदालतद्वारा लिखित जवाफ माग

उच्च अदालत दिपायलले प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारी वकिलको कार्यालय, कैलाली जिल्ला अदालत र कैलाली कारागारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश देशबहादुर सार्कीको एकल इजलासले फागुन ३ गते ११ बजेभित्र लिखित जवाफ पेस गर्न आइतबार आदेश जारी गरेको हो। १३ वर्षअघि ट्याक्टरमा आगलागी भएको घटनामा कैलाली जिल्ला अदालतले दोषी ठहर गरेपछि सांसद चौधरीलाई गत साता पक्राउ गरी कारागार चलान गरिएको थियो। सो फैसला गैरकानुनी रहेको भन्दै चौधरीले उच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गर्नुभएको थियो।