गृह मन्त्रालयले दर्ता नभएका वा नवीकरण नगरिएका क्रसर र बालुवा प्रशोधनका नाममा रहेका उद्योग बन्द गर्न निर्देशन दिएलगत्तै महोत्तरीमा गरिएको अध्ययनले सबैजसो क्रसर उद्योग कानुनविपरीत सञ्चालन भएको पाइएको छ । गत बुधबार गृह मन्त्रालयले सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई नियमविपरीत सञ्चालित उद्योग तत्काल बन्द गर्न निर्देशन दिएलगत्तै महोत्तरीमा ‘नदीजन्य तथा खानीजन्य पदार्थसम्बन्धी जिल्ला अनुगमन तथा …