काठमाडाैँ- निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्। उनले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनावलक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए। […]