शुक्रराज अस्पतालमा कोरोना संक्रमितले मात्रै भर्ना पाउने

काठमाडौं । कोरोनाभाइरस संक्रमितको दर बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमित बिरामीले मात्रै भर्ना पाउने भएका छन् । अस्पतालमा अन्य बिरामीको चाप बढ्न थालेपछि संक्रमित बिरामीलाई मात्र भर्ना दिने निर्णय गरेको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । अस्पतालमा अन्य सरुवा रोगको उपचार निरन्तर सञ्चालन हुने उनले बताए ।अन्य सरुवा रोगी भर्ना हुनैपर्ने अवस्थामा आए वीर र पाटन अस्पतालमा व्यवस्थापन  गरिने अस्पतालले जनाएको छ । अहिले अस्पतालमा १८ जना कोरोना संक्रमित उपच

सम्बन्धित सामग्री

नेपालमा एक व्यक्तिमा मंकीपक्क संक्रमणको आशंका, टेकु अस्पताल भर्ना

काठमाडौं । नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एक जनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुमा भर्ना गरिएको हो । शुक्रराज अस्पताल टेकुका सूचना अधिकारी नवराज अधिकारीले मंकीपक्सको लक्षण […]

माघ १ देखि कोभिड बाहेकका बिरामीलाई पनि भर्ना गरेर सेवा दिँदै शुक्रराज अस्पताल

अस्पतालले आगमी माग १ गतेदेखि अन्य सरुवा रोगका बिरामीलाई पनि भर्ना गरी उपचार सेवा दिने योजना रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले स्वास्थ्यखबरलाई बताए।