काठमाण्डाै – क्यानडासँगकाे दुई एकदिवसीय खेल र आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गर्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई आज साेमवार बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय क्रिकेट टोलीको बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाइ गरे ।
नेपाली टोलीले आउँदाे असार २९ गतेदेखि स्कटल्यान्डमा हुने विश्व ...