काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग टेलिफोन वार्ता गरेका छन् । देउवा मंगलबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीतालाई भेट्न खुमलाटार पुगेका थिए । त्यसैक्रममा प्रचण्डले खनाललाई फोन गरेका थिए । त्यसैबेला उनले देउवासँग पनि सम्वाद गरेका हुन् ।