काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। आइतवार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
आवधिक निर्वाचन नै गणतन्त्रको उच्चा विशेषता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताबाट चुनिएका प्रतिनिधिबाट मुलुक सञ्चालित भएकोसमेत बताए।
'मुलुकको शासनसत्तामा जनचाहनाअनुसार आवधिक…