हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६  स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए । 

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर ४ जनाको मृत्यु – देशसञ्चार

सिमकोट – चंखेली गाउँपालिका–६को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ। उनीहरू एउटै परिवारका सदस्य हुन्। पहिरो जाने घर देउच्या सार्कीको

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना बेपत्ता

कालिकोट जिल्लाको तिलागुफा गाउँपालिका–१ नाग्म बजारमा गएको सुख्खा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।