जन्मकैद सजाय तोकिएको साढे ३ दशकपछि पक्राउ

अदालतबाट जन्मकैद सजाय पाएका एक अभियुक्त साढे ३ दशकपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादवलाई ३५ वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको हो ।उनीमाथि २०३८ सालमा आफ्नै गाउँका सुकना यादवको हत्याको आरोपमा सजाय तोकिएको थियो । बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोलीले विकरुलाई खेतमा काम गरिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको थिए छ । धनुषा प्रहरीले उनलाई अदा

सम्बन्धित सामग्री

कोरोना कालमा घुस लिने भियतनामका पूर्वमन्त्रीसहित ५४ जना उड्डयन अधिकारी जेल चलान

काठमाडौं। भियतनामको एउटा अदालतले देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक घुसखोरी र भ्रष्टाचार मुद्दामा एक पूर्वमन्त्रीसहित कैयौं उच्च पदस्थ अधिकारीलाई जेल चलान गरेको छ ।  बीबीसी अंग्रेजीले प्रकाशित गरेको खवर अनुसार अदालतले ५४ जनालाई जेल सजाय सुनाएको छ। फैसला सुनाउँने न्यायाधीशहरूका अनुसार  अभियुक्तहरूले कोभिड-१९ महामारीको समयमा हवाई मार्फत स्वदेश फिर्ता हुने मानिसहरूबाट पैसा असुलेका थिए। भियतनाम सरकारले पछिल्लो समय देशभर भ्रष्टाचार विरूद्धको अभियान चलाएको छ । यहि अभियानका  विच अदालतको यो फैसला आएको हो । दुई हप्ताभन्दा बढीको सुनुवाइपछि त्यहाँको हनोईको अदालतले दर्जनौं पूर्व-अधिकारीहरू, वरिष्ठ कूटनीतिज्ञहरू र एक पूर्व उप विदेश मन्त्री सहित - घूस, ठगी र पदको दुरुपयोगमा संलग्न भएकोमा दोषी ठहर गर्दै अदालतले प्रतिवादीहरूलाई "गम्भीर सजाय दिनुपर्ने" भनेको छ। महामारीको समयमा भियतनामी नागरिकहरू हवाई यात्रा मार्फत स्वदेश  फर्कन चाहन्थे तर सो समय व्यावसायिक उडानमा यात्रा उपलब्ध थिएन। प्रतिवादी कूटनीतिज्ञ र व्यवसायीहरूले योजना नै बनाएर विदेशमा रहेका भियतनामी नागरिकहरूबाट पैसा असुलेका थिए ।  महामारीको समय स्वदेश फर्कन चाहाने नागरिक सहित सबै यात्रुहरू  फिर्ता ल्याउन सरकारले २०२० को शुरुमा लगभग ८०० उडानहरू सञ्चालन गरेको थियो। त्याहाँको सरकारी अखबार भीटीसी  VTC  का अनुसार २५ सरकारी अधिकारीहरू कुल ७.४ मिलियन अमेरिकी डलर (९६ करोड ९७ लाख नेपाली रूपैयाँ) बढी अवैध सरकारी तलव सुविधा समेत लिएको पाइएको जनाएको छ । एक पूर्व मन्त्रीलाई  ९ लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख बढी नेपाली रूपैया वरावर घुस लिएको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको छ।  फैसलामा परराष्ट्र, स्वास्थ्य र सार्वजनिक सुरक्षा मन्त्रालयका चार पूर्व उच्च पदस्थ अधिकारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । भने १० व्यापारी र अन्य सहयोगीलाई निलम्बन गरिएको छ। उप-स्वास्थ्य मन्त्रीका पूर्व सचिव फाम ट्रुङ किएन र परराष्ट्र मामिलाका पूर्व उपमन्त्री टो आन्ह डङ यस घोटालाका केही उच्च प्रोफाइल नामहरू हुन्। मुद्दामा किएनलाई मृत्युदण्डको माग गरिएको थियो जसले ११ महिनाको अवधिमा कुल १.८ मिलियन डलर (१.४ मिलियन पाउन्ड) मूल्यको २५३ पटक घूस लिएको आरोपमा जन्मकैद पाएका थिए। अदालतमा १६ वर्षको जेल सजाय पाएका डंगले उडान संख्या थप्न उडान प्रदायकहरूबाट लाखौं डलरको घुस लिएको बताएको तथा उडान सकिएपछि भुक्तानी पाएको स्वीकार गरेका छन् । "त्यतिबेला मैले केही गल्ती गरेछु भन्ने सोचेको थिइनँ," उनले भने,  स्वदेश फिर्ता गर्न सहयोग पुर्‍याउन मद्दत गरिरहेका थिए।' आठ अधिकारीलाई घुस दिएको आरोप लागेकी एक व्यवसायीले परराष्ट्र मन्त्रालयमा कसैले पनि पैसा दिन नभनेको  बताएकी छन् । अर्का आरोपी होआङ डिउ मोले भने 'हामीले स्वीकृति र अनुमतिको लागि उनीहरूलाई घूस दिनु पर्छ ताकि उडानहरू समयमै होस् ।'  उनलाई सात वर्षको सजाय तोकिएको छ। भ्रष्टाचार विरुद्धको ठूलो क्रर्‍याकडाउनको बीचमा यो सजाय सुनाइएको छ जसले सयौं अधिकारीहरूलाई अनुसन्धानमा तानेको छ। दुई उपप्रधानमन्त्रीसहित धेरैले राजीनामा समेत दिएको खवर छ । यस वर्षको जनवरीमा पूर्व राष्ट्रपति गुएन सुआन फुकले अचानक राजीनामा दिन बाध्य भएका थिए । एजेन्सी

उन्मुक्ति पाउनेमा नेता-कार्यकर्ता

प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट सजाय माफी पाएकामा हत्या अभियोग ठहर भएर जन्मकैद भोगिरहेकादेखि बैंक लुटेरासम्म परेका छन् । अदालतबाट दोषी ठहर भएका उनीहरूलाई तोकिएको सजाय भुक्तान नगराई सरकारले कानुनी छिद्रमार्फत उन्मुक्ति दिएको हो । उन्मुक्ति पाउनेहरू राजनीतिक दलका नेता/कार्यकर्ता छन् ।

शोभराजलाई जेलमुक्त गर्न नमिल्ने सरकारको जबाफ

जिल्ला अदालत भक्तपुरको फैसला अनुसार शोभराजले जन्मकैद अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ। उनी २०८० साल असोज १ सम्म कारागारमा बस्नुपर्नेछ। शोभराजले आफुले २० वर्ष सजाय तोकिएको मध्ये १७ वर्षभुक्तान गरिसकेको दाबी गर्दै आफु असल चालचलन भएकाले रिहाइका लागि यसअघि नै सिफारिस भइसकेको दाबीसमेत रिट निवेदनमा गरेका थिए।