राप्रपा महामन्त्रीमा धवल शम्शेर राणा विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् । राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् । 

सम्बन्धित सामग्री

द न्युज प्लस ( राप्रपा महामन्त्री धवल शम्शेर राणा )

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.