एनसिएसएसको दाङ समन्वय समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका समर्थकहरुको आधिकारीक संस्था नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) का दाङ जिल्लाबाट आबद्ध संस्थाका सदस्यहरुको अग्रसरतामा नेपाली क्रिकेट समर्थक समाज दाङ जिल्ला समन्वय समिति गठन भएको छ । श्रावण २३ गते दाङ जिल्लाका क्रिकेट प्रेमीहरु घोराइ बजारमा विकास भट्टराईको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको थियो । जिल्लाका नेपाली […]

सम्बन्धित सामग्री

सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन

दाङ – घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । आज दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गएको बिहीबार दिउँसो […]

रोक्का जग्गा फुकुवाको माग गर्दै संघर्ष समिति गठन

दाङ – लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा फुकुवाको माग गर्दै आन्दोलन हुने भएको छ। जग्गा फुकुवाको बिषयलाई जोडेर जनस्तरबाट संघर्ष समिति समेत निर्माण गरिएको छ। उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरु संगठित भएर संघर्ष समिति निर्माण गरेका छन्। अगुवा किसान शंकर गौतम संयोजक रहेको जग्गा फुकुवा तथा […]

दाङ : तुलसीपुर चक्रपथ  निर्माण कार्य अलपत्र

दाङ – तुलसीपुर उपमहानगरमा वडालाई जोड्ने गरि निर्माण हुने भनिएको चक्रपथको काम अलपत्र परेको छ ।  एक दशक अगाडि नै रेखांकन भएको तुलसीपुरको चक्रपथ निर्माणको काम डेढ किलोमिटर कालोपत्रेमै सीमित भएको छ । साविकमा तुलसीपुर नगरपालिका हुँदा चक्रपथ निर्माणको लागि रेखांकन तथा व्यवस्थापन समिति गठन भएको थियो ।  तर, पछिल्लो समयमा चक्रपथको काम प्राथमिकतामा परेको छैन । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएपछि अरु केही गाविस गाभिएका कारण काम रोकिएको थियो । जनप्रतिनिधिले चक्रपथ निर्माणको काम सुरु गरे पनि...

मुद्रण व्यवसायीहरूको प्रदेशस्तरीय समिति गठन

दाङ- नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरूलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय भेलाले रुपन्देहीका मुद्रण व्यवसायी […]

दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि अनुगमन समिति गठन

दाङ - दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा अनुगमन समिति गठन भएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, देउखुरी उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटी, संयुक्त एम्बुलेन्स चालक समिति, जिल्ला भित्रका सबै पालिकाका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको हो । अस्पताल र एम्बुलेन्स चालकहरुले कोरोनाको बहानामा सङ्क्रमित तथा ...

दाङको सौरिकुलामा राष्ट्रिय जनमोर्चाको समिति गठन

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ–देउखुरीको वडावडामा सभा, टोलटोलमा समिति अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १० को सौरिकुलामा टोल समिति गठन गरेको छ । राजमोका जिल्लाध्यक्ष गणेश आचार्य र नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको उपस्थितमा सम्पन्न भेलाद्वारा उक्त समिति गठन गरिएको हो । समितिको अध्यक्षमा ऋषिराम विक, उपाध्यक्षमा तारासिंह आग्री, सचिवमा सिबा विक, कोषाध्यक्ष मिनु विक र सदस्यहरूमा पूर्णबहादुर विक, यमबहादुर विक, गौरव विक, पदमबहादुर विक र छलिमाया विकलगायत रहनु भएको छ । उक्त समितिको बैठकले आफ्नो टोलमा व्यापक सङ्गठन विस्तार गर्ने र माघ २६ गते दिउँसो ३ बजे सौरिकुला चोकमा गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताका विरुद्ध विरोधसभा गर्ने निर्णय गरेको छ ।

दाङको घोराही–१७ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

दाङ । दाङको घोराही–१७ पनौरामा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । मनिराम पोख्रेलको अध्यक्षता तथा राजमो दाङ जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । भेलामा राजमो दाङका जिल्ला सल्लाहकार ननुकान्त आचार्य, राजमोका जिल्ला सदस्य खडानन्द खनाल र अखिल नेपाल महिला सङ्घकी जिल्ला सचिव सारदा थापाको पनि आतिथ्त्यता रहेको थियोे । राजमो वडा सदस्य टोपाराम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण राजमोकी जिल्ला सदस्य कृष्णा रानाले गर्नुभएको थियोे । भेलाले मनिराम पोख्रेलको अध्यक्षतामा टोल समिति चयन गरेको छ; जसको उपाध्यक्षमा लुमा कालाथोकी, सचिवमा घनश्याम कोइराला, कोषाध्यक्षमा पिमा पोख्रेल र सदस्यहरुमा गोविन्दप्रसाद आचार्य, गीता पोख्रेल र अमृता पोख्रेल रहनुभएको छ भने सल्लाहकारमा झबिलाल कालाथोकी र टोपाराम भट्टराई रहनुभएको छ ।

दाङमा चुनढुङ्गा उत्खनन रोक्न संघर्ष समिति गठन

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ को सुनालिथान सामुदायिक वन उपभोक्ता समूहभित्र पर्ने वन तथा आबादी क्षेत्रमा स्वर्गद्वारी माइन्स एन्ड मिनरल्स प्रालिले चुनढुङ्गा उत्खनन गर्न थालेको कार्यप्रति स्थानीय जनताले विरोध जनाउनुका साथै उत्खनन हुन नदिने बताएका छन् । उनीहरूले उत्खनन हुन नदिनका लागि चुनढुङ्गा उत्खनन रोक्का सङ्घर्ष समिति नै गठन गरेका छन् । स्थानीय अगुवा तथा राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका–१९ का अध्यक्ष मङ्गल घर्तीमगरको संयोजकत्वमा ५२ सदस्यीय चुनढुङ्गा उत्खनन रोक्का सङ्घर्ष समिति गठन भएको सयोजक मङ्गल घर्तीमगरले बताउनुभएको छ । त्यहाँ रहेको त्रिबेणी टोल विकास संस्थाको बैठक बसी उक्त सङ्घर्ष समिति गठन भएको हो । उत्खनन भयो भने त्यहाँका जनताको जीवन सङ्कटपूर्ण हुने, पानीका मुहान सुक्ने, पर्यावरण बिग्रने, उत्पादन रोकिनेजस्ता समस्या हुने भएकाले उत्खनन नगर्न सङ्घर्ष समितिले माग गरेको छ ।

दाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

दाङ । दाङ राजपुर गाउँपालिका–७ हाडबासमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेश रिजालको विशेष उपस्थितिमा २०७७ पुस २९ गते आयोजित भेलामाझ सो समिति गठन गरिएको हो । भेलाले टेकबहादुर डाँगीको अध्यक्षतामा पाँच सल्लाहकारसहितको १६ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा दामोदर भण्डारी, कोषाध्यक्षमा भागिनाथ कुँवर र सहसचिवमा अर्जुन योगी रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा कमल केसी, ईन्द्रबहादुर वली, रूपनाथ योगी, धनसरी सार्की, विशाल बुढा र शालिग्राम वली रहनुभएको छ । समितिको सल्लाहकारमा चन्द्रवीर कुमाल, पुन डाँगी, लक्ष्मी भण्डारी, दुर्गीनाथ कँवर र सीता भण्डारी रहनुभएको छ । दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदासको पनि उपस्थिति रहेको थियो ।

दाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन

फाईल तस्विर लमही ।  दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।  प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको ...