दाङका दुई दर्जन युवा राजमाेमा प्रवेश

दिनेश रैदास, दाङ । अखिल नेपाल युवक संघ घोराहीनगर समितिको आयोजनामा भएको एक कार्यक्रममा युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । आज सम्मपन्न पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्ने सुशील हमाल,भुवन खड्का, अर्जुन राणा, आशिष देवकोटा, गोपाल पौडेल, शाहस घर्ती, पोषण केसी, मुकेश वली, रबि वली ,बादल केसी , अनुस केसी , मनिराम पुन, विवेक थापा, वीरबहादुर पुन मगर, अखिल क्षेत्री, प्रकाश जङ्ग ठकुरी, गिरबहादुर घर्ती, आकाश घर्ती,महेन्द्र दमाई, कविर राणा, रवि डाँगी, भीम भण्डारी लगायत युवा नेताहरु रहनुभएको छ । उहाँहरुलाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले सदस्य प्रदान गर्दै गणतन्त्रवादी धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षाका लागि युवाहरुलाई संघर्षमा आउन आह्वान गर्नुभएको थियो। त्यस्तै,जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएमले देशलाई जोगाउनकोलागि देश विकास गर्नकोलागि युवाहरु सचेत भई एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई अखिल (छैठौं)पूर्व राष्ट्रिय परिषद सदस्य रेशम वली, अखिल नेपाल युवक संघ दाङ जिल्ला सदस्य दीपक आरसी, अखिल (छैठौ) जिल्ला सचिव लक्ष्मण विश्वकर्मा, सञ्जय वली, प्रकाश जङ्ग ठकुरी लगायतले सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल युवक संघ घोराही नगर समिती अध्यक्ष डोर बहादुर केसीको अध्यक्षता,युवक संघका सदस्य सुमन घर्तीको स्वागत मन्तव्य तथा सञ्चालक अखिल (छैठौं) का जिल्ला सदस्य दिनेश रैदासले गर्नुभएको थियो।

सम्बन्धित सामग्री

दाङमा सवारी ठोक्किँदा एकको निधन, दर्जन बढी घाइते

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ बर्षीया शोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी द...

दाङका दुई उपमहानगरमा दुई दर्जन आकांक्षी

- ०७४ मा तुलसीपुर उपमहानगरमा एमालेले जितेको थियो । एमालेका घनश्याम पाण्डे २२,८५६ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८,९०३ र माओवादीका सेसुराम भण्डारीले ८,६९३ मत प्राप्त गरेका थिए । - घोराही...

दाङका दर्जन पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित (सूचीसहित)

दाङ । नेपाली कांग्रेसको आसन्न महाविधेशनका लागि जिल्लाका एक दर्जन पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने अधिकांश जिल्लामा स्थापित पत्रकारहरु हुन् । केही पत्रकार महासंघका जिल्ला अध्यक्ष समेत भइसकेका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि पत्रकारहरुले खुसी साटासट गरेका छन् भने मतदातालाई धन्यवाद पनि दिएका छन् । ‘मेरो चौथो चुनावी अपराजित […]

सम्झौताको मितिमा पुल नबन्दा नागरिकलाई सास्ती‚ गुमाउँदैछन् अकालमै ज्यान

दाङ : खोलामा समय मै पुल निर्माण नहुदाँ दाङका नागरिकहरूले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। साथै अकालमा ज्यान समेत गुमाएका छन्।घोराही–तुलसीपुर सडक खण्डमा पर्ने पत्र खोलाको पुल र घोराही–लमही सडक खण्डमा पर्ने सिस्ने खोलाका निर्माणाधीन पुल अझै सम्पन्न भएको छैन। बुधबार राति सिस्ने खोलाले गाडी बगाएर चारजनाको मृत्यु र एकजना घाइते भएका थिए।तुलसीपुरदेखि घोराहीसम्म करिब एक दर्जन खोला पर्दछ। तीमध्ये पत्र खोला र सिस्ने खोलामा पुल निर्माण सुरु भएको लामो समय हुँदा पनि सम्पन्न भएको छैन। हापुर र से

दाङका निजी अस्पताल संचालक भन्छन् : राज्यले समन्वय गरे सहयोग गर्न तयार छौँ

दाङ : यहाँका निजी अस्पतालहरुले राज्यले समन्वय गरे आफूहरु कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग गर्न तयार रहेको बताएका छन्। जिल्लामा रहेका करिब एक दर्जन निजी अस्पताल संचालकहरुले कोरोना महामारीमा सहयोग गर्न आफूहरु तयार रहेको तर राज्यका तर्फबाट कुनै समन्वय नभएको बताएका हुन्।   यस्तो महामारीमा निजी अस्पतालहरु पनि सहयोगको लागि तयारी भए पनि सरकारी निकायबाट कुनै समन्वय नभएको गोर्खा पब्लिक अस्पताल प्रालि घोराहीका सञ्चालक डाक्टर जनार्दन पन्थीले बताए। महामारीमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै पन्थीले ...

आधारभूत सुविधाबाट वञ्चित उपमहानगरका बासिन्दा - Naya Patrika

ठेगाना फेरियो, तर फेरिएन नगरवासीको जीवन उपमहानगरपालिकाका बासिन्दा भए पनि दाङका झन्डै एक दर्जन गाउँका बासिन्दा आधारभूत सुविधाबाट समेत वञ्चित छन् । गाउँपालिकामा मात्र होइन, नगरपालिकाबाट स्तरोन्नति भएका गाउँका बासिन्दाले...पूरा पढ्नुहोस् »