सुर्खेत विमानस्थल विस्तार : विमानस्थल विस्तार हैन नयाँ वैकल्पिक स्थानको खोजी गर्न माग

फागनु ९, सुर्खेत । सुर्खेत विमानस्थल विस्तारको काम अघि बढ्ने भएको छ ।  सरकारले हालको विमानस्थलको उत्तरतर्फको पौने १२ बीघा जमीन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेसँगै अब काम अघि बढ्ने निश्चित भएको हो । विमानस्थलको धावनमार्ग हाल १ हजार २५५ मिटर रहेको छ ।  अधिग्रहण गरिएको जमीनमा धावनमार्ग विस्तार गरेर १ हजार ५५५ मिटर पुर्‍याउने लक्ष्य सरकारी लक्ष्य रहेको छ । तर, प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नागरिक सरोकार समिति नै गठन गरेर विमानस्थल विस्तारभन्दा सकेसम्म नयाँ वैकल्पिक स्थानको खोजी गर्न स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।  प्रभावित क्षेत्रका बासिन्दा मक्कबहादुर बुढाले फेरि विमानस्थल विस्तार नगर्ने सरकारले प्रतिबद्धता गरे अन्तिम पटकका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।  ‘पटकपटक विमानस्थल विस्तार गरिँदा प्रभावित क्षेत्रका बासिन्दा ठूलो मर्कामा परेका छौं’, उनले भने, ‘अन्तिम पटकका लागि हो भने हामी सहयोग गर्न तयार छौं, सरकारले उचित मुआब्जा दिनुपर्छ ।’  उनले आफूहरु विकासविरोधी नभएको बताउँदै ३०० भन्दाबढी विद्यार्थी अध्ययनरत विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनका विषयमा मुआब्जाअघि नै टुंगो लगाइनुपर्नेमा जोड दिए । यता मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धिका लागि विमानस्थल विस्तारको विकल्प नभएको बताएका छन् ।  ‘प्रभावित क्षेत्रका नागरिकलाई न्यायपूर्ण मुआब्जा दिएर विमानस्थल विस्तारको तयारीमा सरकार लागेको छ,’ उनले भने, ‘प्रदेश राजधानीलाई हवाईमार्गबाट जोड्नका लागि अहिलेको विमानस्थल विस्तार गर्नुको तत्काल अर्को विकल्प छैन ।’  उनले प्रभावित क्षेत्रमा रहेको विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवन सरकारले नै स्थानान्तरण गर्ने र नागरिकलाई न्यायपूर्ण मुआब्जा वितरण गर्ने सरकारी लक्ष्य रहेको बताए । धावनमार्गलाई उत्तरतर्फ थप विस्तार गरेर १ हजार ५५५ मिटर पुर्‍याउँदा ७० देखि ८० सिटे ‘एटीआर ७२’ जहाज अवतरण गराउन मिल्ने हवाई क्षेत्रका प्राविधिकहरुको भनाइ छ । अहिले सुर्खेत विमानस्थलमा ४० सिटे ‘एटीआर ४२’ जहाज मात्रै अवतरण हुने गरेको छ । विमानस्थल विस्तार भए रात्रिकालीन उडानसमेत भर्न पनि सहज हुने देखिन्छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका लागि जमीन अधिग्रहण गर्दा करीब २०० घरधुरी प्रभावित हुने अनुमान गरेको छ ।  ‘एक विद्यालय, स्वास्थ्य चौकी र केही सामुदायिक भवनसहित नागरिकका करीब २०० घरधुरी अधिग्रहण गर्नुपर्ने देखिन्छ,’ नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले भने, ‘उत्तरतर्फ ३०० मिटर धावनमार्ग विस्तार भएमा ८० सिटे ‘एटीआर ७२’ जहाज सहजै अवतरण गराउन सकिन्छ ।’  उनले विमानस्थल विस्तार, प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा र विद्यालय तथा सामुदायिक भवन निर्माणका लागि ९ अर्ब ४१ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरे । ‘यसअघि नै संघीय सरकारको ५० प्रतिशत र प्रदेश तथा स्थानीय पालिकाले २५/ २५ प्रतिशत खर्च व्यहोर्ने गरेर सम्झौता भइसकेको छ,’ उनले भने, ‘जग्गा प्राप्तिको प्रक्रिया अघि बढे आठ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिन्छ ।’  सुर्खेत विमानस्थल विकास, विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण गर्न कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उययन प्राधिकरण बीच यसअघि २०७७ असोज १५ गते सम्झौता भएको थियो । 

सम्बन्धित सामग्री

सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल

कर्णाली – वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे आज सर्वपक्षीय छलफल भएको छ । बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरिएको छ । बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । विमानस्थल विस्तार […]

सुर्खेत विमानस्थल विस्तारमा अस्वाभाविक विवाद भयो: रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थल विस्तारकाे याेजनामा अस्वाभाविक विवाद भइरहेको बताएका छन् ।

सुर्खेत विमानस्थल विस्तारको विकल्प रोकेका छैनौँ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको विकल्प नरोकेको प्रस्ट पारेका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विमानस्थल आसपासका बासिन्दा सहयोग गर्न तयार नभएपछि छलफल स्थगित मात्र गरिएको उल्लेख गरे । मुख्यमन्त्री शाहीले विमानस्थल विस्तारका हकमा आफू संवेदनशील भएको […]

सुर्खेत विमानस्थल विस्तार नहुने

कर्णाली– सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ। विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीयवासीलाई रुवाएर विमानस्थल विस्तार नगरिने भन्दै विकल्प खोज्नुपर्ने बाध्यता रहेको बताए। ‘प्रदेश सरकारले लामो समयदेखि हालकै विमानस्थललाई विस्तार तथा स्तरोन्नति गर्न […]

सुर्खेत विमानस्थल विस्तार नहुने, नयाँ विमानस्थलका लागि ठाउँ खोज्दै प्रदेश सरकार

स्थानीयको लगातारको विरोध, मुआव्जा र निर्माणमा अत्याधिक खर्च हुने देखिएपछि सुर्खेत विमानस्थल विस्तार नहुने भएको छ।...

सुर्खेत विमानस्थल विस्तारको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो।...

आजदेखि सुर्खेत विमानस्थल पुनः सञ्चालनमा

मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जानकारी दिएको छ । विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान

सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द

सुर्खेत, मंसिर ५ । सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । धावनमार्ग मर्मतका लागि विमानस्थल १० गतेदेखि माघ दोस्रो सातासम्म बन्द हुनेछ । सुर्खेत विमानस्थल बन्द हँदा वायुसेवा कम्पनीहरुले नेपालगञ्जको विमानस्थललाई वैकल्पिक रुपमा प्रयोग गर्ने छन् […]

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत- सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो । धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थलको धावनमार्गमा ओभर-ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी […]

सुर्खेत विमानस्थल प्रभावितको माग अनुसार मुआब्जा दिने आश्वासन

सुर्खेत विमानस्थल विस्तारका लागि मुख्यमन्त्री र प्रभावित क्षेत्रका नागरिकबीच छलफल भएको छ ।निषेधाज्ञाकै समयमा मुख्यमन्त्री शाहीले विमानस्थल विस्तार नागरिक सरोकार समितिका पदाधिकारी र स्थानीयबीच छलफल गरेका हुन् । संघीय सरकारको योजनामा ५० प्रतिशत रकम व्यहोर्नेगरी प्रदेश सरकारले काम सुरू गरेको र त्यसका लागि जनताको सहमति चाहिएको मुख्यमन्त्री शाहीले बताए ।“जनताले सहमती दिएको खण्डमा काम अघि […]