सुर्खेत – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् । एमालेको स्थायी कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिए पनि संसदीय दलको निर्णय मानेर आफूहरूले राजीनामा नदिने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश इन्चार्ज कर्ण थापाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएर पत्र पठाउनुभएको छ तर बुधवार (हिजो) बसेको संसदीय दलको बैठकले अहिले एमाले सरकारबाट बाहिरिँदा झनै सङ्कट आउने भएकाले...