विराटनगर विवाद : देउवाले कोइराला पक्षलाई चुन्लान् कि सिटौला ?

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा नेपाली काँग्रेसलाई भने महानगरको उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । विराटनगर महानगरको प्रमुखमा उम्मेदवार चयन गर्ने विषयमा विवाद हुँदा काँग्रेसले अझैसम्म पनि निर्णय लिन नसकेको हो । सत्तारुढ दलसँग गठबन्धन गर्दा काँग्रेसको भागमा ६ मध्ये तीनवटा महानगर परेको छ । यसमध्ये काठमाडौँको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटिसकेको छ । तर विराटनगरको मेयरमा शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले आ–आफ्नो पक्षका उम्मेदवारलाई नै उठाउनुपर्ने

सम्बन्धित सामग्री

सक्रियता बढाउँदै सिटौला

नेपाली कांग्रेस तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पार्टीको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बने।...

प्रतिनिधि सभामा सिटौला पक्षबाटै २० भन्दा धेरै आकांक्षी

संस्थापन समूहमै रहे पनि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीमा आफ्नो छुट्टै भागवण्डा खोज्न छाडेको छैन । प्रारम्भिक दाबी अनुसार सिटौला समूहबाट प्रतिनिधि सभामा २३ जना उम्मेदवारका आकांक्षी छन् ।

देउवा समूहमा सिटौला अस्वीकृत भएपछि…

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाको पक्षमा खुले । महाधिवेशनमा कठिन चुनौती देखेका देउवाले सिटौलाको साथ लिएका थिए । सिटौला आफू ब्याक भएर आफ्ना विश्वासपात्रहरुलाई अगाडि बढाए । सिटौला समूहलाई महामन्त्रीसहित केही केन्द्रीय सदस्यका उम्मेदवारलाई प्यानलमै राख्न देउवा तयार भए । देउवा समूहका हस्तीहरुलाई केन्द्रीय सदस्यको उम्मेदवारमा […]

सिटौला निर्णायक

काठमाडौं, मंसिर २४ । १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो । प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह […]

तानातानमा सिटौला

काँग्रेको १४ औँ महाधिवेशनमा कृष्ण प्रसाद सिटौला पक्ष तानातानमा परेको छ । तर सिटौला पक्ष पनि के गर्ने भन्ने निर्णयमा अझै पुगिसकेको छैन । पौडेल र देउवा मात्र होइन निधिले समेत सिटौला पक्षसँग सहयोग मागिरहेका छन् ।  सिटौला निकट नेता भीमसेनदास प्रधानले जानकारी दिए अनुसार बुधबार बिहान सहयोग चाहियो भन्दै पौडेल सिटौलालाई भेट्न गएका थिए । पौडेललाई सिटौलाले सहयोग कसरी गर्ने प्याकेज के हो भन्ने जवाफ दिएको प्रधानले बताए । १३औं महाधिवेशनभन्दा अझ बलियो रहेको बताउँदै आएका सिटौला पक्षले भोलि शुक्रबार साँझसम्म के गर्ने भन्ने ...

शक्ति बढाउँदै सिटौला

पार्टीभित्र विद्यमान तीन समूहमा सिटौला पक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हैसित नभए पनि नयाँ नेतृत्व चयनका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्म भएका निर्वाचनमा उनीहरूको मत निर्णयक बनेको छ। झापासहित केही जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका सिटौला...

देउवाको अस्त्र सिटौला

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसको जिल्ला अधिवेशनसम्मको देशभरको अवस्थाले विभिन्न गुट वा उपगुट एक अर्कासँग मिलेर हराउने र जिताउनेमा लागेको देखियो । विशेषगरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह अहिलेसम्म बढी सक्रिय देखियो । देउवा र सिटौला समूहबीच देशभर एकता देखियो । दुई भिन्न समूह भनिएपनि यी […]

उपत्यकामा प्रकाशमानलाई कमजोर पार्न सिटौला समूह सक्रिय

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा सभापतिका दाबेदार प्रकाशमान सिंहको पक्षमा लागेपछि कृष्णप्रसाद सिटौला झस्किए । पूर्वमहामन्त्री सिटौला गगन थापासँग मात्र रुष्ट भएनन् सिहसँग झन् सतर्क भए । थापालाई साथमा लिएर सिंह हिडेपछि देशभरको माहोल बदलियो । विशेषगरी उपत्यकामा सिटौला पक्ष सिहलाई कमजोर बनाउन सक्रिय भएको छ । काठमडौंमा सिटौला पक्षका […]

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने पक्का भएको छ । आज सिटौला समूहको बैठकले उनलाई मन्त्रीका लागि सिफारिश गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले सिटौला समूहलाई एक मन्त्री दिने निर्णय लिएका थिए । सिटौला समूहबाट प्रत्यक्ष निर्वाचित सांसदमध्ये चौधरी र भीमसेनदास प्रधान […]