“ऋण लिएको भन्दा पाँच गुणा बढी साँवा ब्याजसहित साहुुँलाई चुक्ता गरे पनि धितोमा राखिएको जग्गा फिर्ता नपाएको”, धनुषाको बटेश्वर गाउँपालिका–२ का रामवृक्ष महराले दुखेसो पोखिरहँदा गृहमन्त्रालयबाट आएको टोलीका सदस्य आश्चर्यमा परे । गृह मन्त्रालयद्वारा गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज जनकपुरधाममा आयोजना गरेको धनुषाका मिटरब्याजी पीडित तथा जनप्रतिनिधिलगायतसँग छलफल कार्यक्रममा पीडित महराले जग्गा फिर्ता गर्न साहुुलाई आग्रह गर्दा उल्टै विभिन्न किसिमको धम्की दिइरहेको द