काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि व्यंग्य गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गत मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा ८९ सिट ल्याएको कांग्रेस र ३२ सिट ल्याएको माओवादी केन्द्रमाथि व्यंग्य गरेका हुन्। ‘कांग्रेसले उधुमसँग सिट बढाएको छ। उसले डेमोक्रेसी,सेमोक्रेसी बुझ्दैन, सिट बढेको छ,’उनले भने, ‘नेकपा माओवादी केन्द्रले त प्रधानमन्त्री पा