काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते (१ अप्रिल) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य…