नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले सुरुवाती काम नै राम्रोसँग गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिलवालले नयाँ सरकार बनेपछि कर्मचारी प्रशासन आतंकित भएको दावी गरे । उनले सरकारका सचिवहरु कहाँ सरुवा हुने हो भनेर आतंकित बनेको बताउँदै सुरुवाती चरणमै सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको बताए । उनले सरकारको १ सय दिन नपुगेसम्म आलोचना नगर्ने बताउँदै सांसद सिलवालले प्रधानमन्त्रीले कोभिड खोपको बारेमा ठूलो भाषण गरेको भन्दै कोरोनाको तेश्रो लहर