कान्छारामले २७ लाखको शवबाहनलाई ८ लाखको भनेर बीमा गराए, बाँडेका सबै एम्बुलेन्स पनि आफ्नै नाममा

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) अहिले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । रामेछापबाट चुनाव जितेर नयाँ बानेश्वरस्थित संसद भवन छिर्ने दाउमा रहेका कान्छारामको चुनावी अस्त्र हो ‘एम्बुलेन्स’ ।‘क’ वर्गका निर्माण व्यवसायी रहेका कान्छाराम तामाङको विषयमा २०७४ सालको निर्वाचनका समयमा खोज पत्रकारिता केन्द्र (खोपके)ले एउटा खोजमूलक समाचार प्रकाशित गर्दै ‘बद्नाम ठेकेदार’को उपमा दिएको थियो । गत निर्वाचनमा उनी माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसँग ६ हजार ३ सय मतले पराजित भएका थिए ।हाल माओवादी समेत सहभागी गठबन्धनको तर्फबाट कान्छाराम तामाङ आफूले गाउँ गाउँमा एम्बुलेन्स दिएको प्रचार गर्दै भोट मागिरहेका छन् । यतिसम्म की, निर्वाचन आचारसंहिता विपरित उनले आफूलाई भोट हाल्ने मतदातालाई आफ्नो निजी हेलिकप्टरमा यात्रा गराउने आश्वासन समेत बाड्न भ्याएका छन् । देशैभरी ठेक्का अलपत्र छोडेर ‘एडभान्स’मार्फत लिएको रकमको दोहन गरिरहेका कान्छारामले रामेछापका विभिन्न गाउँमा एम्बुलेन्स र शव–बाहन नबाडेका होइनन् । तर, ती एम्बुलेन्सहरु अधिकांश अहिले बिग्रिएर थन्किएका छन् । मन्थली नगरपालिका वडा नम्बर ४ सालुका लागि उनै कान्छारामले उपलब्ध गराएको एम्बुलेन्स बाटो हिड्दा पनि कान्छाराम र उनले एम्बुलेन्स वितरण गरेको विषयलाई मुद्दा बनाएर मत तान्न कसरत गरिरहेका काँग्रेसका कार्यकर्तालाई समेत गिज्याउँदै सालु बजारमा दुर्घटनाग्रस्त अवस्थामा थला परेको छ । रामेछाप नगरपालिका रामपुरमा उनले दिएको भनिएको एम्बुलेन्स आफैँ बिरामी छ । रामपुरको एम्बुलेन्स गत महिना दुर्घटना भएको थियो । तर, एम्बुलेन्सको तेस्रो पक्ष (थर्ड पार्टी) बीमा मात्रै गरेको पाइयो । तेस्रो पक्ष बीमाबाट दुर्घटना भएको एम्बुलेन्सको बीमा वापतको पैसा आउँदैन । शवबाहन दुर्घटना, बीमाको दाबी भूक्तानी भएनमन्थली नगरपालिकालाई कान्छारामले दिएको शव–बाहन दुर्घटनामा पर्यो । ६ लाखको हाराहारीमा खर्च गरेर मर्मत गरियो । तर, बीमा वापतको रकम पाएन । किनकी, २७ लाख मूल्य पर्ने एम्बुलेन्सको ८ लाख मात्रै मूल्यांकन गरेर कम बीमा शुल्क तिर्नुपर्ने गरी बीमा गरिएको थियो । जसका कारण युनाइटेड इन्स्योरेन्स कम्पनीले बीमाको दाबी भूक्तानी आजसम्म दिन सकेको छैन । यस विषयमा बीमा समिति (मंगलबारबाट बीमा समिति बीमा प्राधिकरण बनेको छ) मा उजुरी पनि पर्यो । तर, भूक्तानी हुन सकेको छैन ।‘सामानको वास्तविक मूल्य अनुसारको बीमा गर्नुपर्ने हो, तर कान्छारामले कर छुट पाएको मूल्यलाई देखाएर यातायातबाट पास गराउने बेलामा ८ लाख मूल्य परेको हो भनेर बिल देखाएर युनाइटेड इन्स्योरेन्सबाट बीमा गराएका रहेछन्’ मन्थली नगरपालिका स्रोत भन्छ, ‘खर्च भयो ५ लाख ५७ हजार, बीमा कम्पनीले २५ हजार दिन्छु भन्यो । हामीले त्यो पैसा पनि बुझेका छैनौँ ।’ हस्तान्तरण गर्दा कान्छारामले बीमाको कागजात दिएनन्कान्छाराम तामाङले शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नामबाट कर छुट लिएर उक्त शवबाहन ल्याएका थिए । उनले शवबाहन मन्थली नगरपालिकालाई हस्तान्तरण गर्दा चाबी र ब्लु-बुक मात्रै दिए । बीमाको कागजात दिएनन् । तर, रामेछापमा काम गर्न आएका इलामका एक जना मजदूरको रामेछापमै मृत्यु भयो । उक्त शवबाहन मार्फत उक्त शव इलाम लैजानुपर्ने भयो । शव बोकेर इलाम हिडेको कान्छारामले मन्थली नगरपालिकालाई दिएको उक्त शवबाहन धनुषास्थित राजमार्गमै दुर्घटनामा पर्यो । दुर्घटनामा परेपछि मन्थली नगरपालिकाले बीमाको कागजात खोजी गर्यो । खोजी गर्दा उक्त शवबाहनको बीमा शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानले युनाइटेड इन्स्योरेन्समा गरेको फेला पर्यो । नगरपालिकाले पटक पटक ताकेता गरेपछि कान्छाराम तामाङले बीमाको कागजात दिए । त्यसपछि बीमा कम्पनीबाट सर्भेयर बोलाइयो । सर्भेयर आएर मर्मत गर्दा लाग्ने खर्चको अनुमानित लागत निकाले । लगत्तै, कम्पनीले नै मन्थलीस्थित कार्की मोटर्सलाई उक्त शवबाहन मर्मतका लागि भन्यो । कार्की मोटर्सले मर्मत गरिदियो । मर्मतपछि नगरले बीमा दाबी गर्यो । तर, मूल्यभन्दा कम मूल्यांकन गरेर बीमा गरिएको कारण देखाउँदै भूक्तानी भएन ।कार्की मोटर्सले डेढ वर्ष पैसा पाएनबीमा कम्पनीबाट दाबी भूक्तानी भएपछि कार्की मोटर्सलाई मर्मत वापतको लागत भूक्तानी गर्ने भनेर नगरपालिकाले तत्कालै कार्की मोटर्सलाई भूक्तानी दिन सकेन । तर, बीमा कम्पनीले जम्मा २५ हजार मात्रै लिन भन्यो । यो रकम पनि शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा गएपछि मात्रै शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानले नगरपालिकालाई पठाउनु पर्ने अवस्था आयो । किनकी, शवबाहन आजको मितिसम्म पनि शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानकै नाममा छ ।यसपछि नगरका कर्मचारीहरु आजित भए । ‘कार्की मोटर्सलाई भूक्तानी दिँदा आफ्नो नाममा नभएको शवबाहनको मर्मत शुल्क कसरी दिनु ? दिँदा बेरुजु हुने भयो’ नगर स्रोत भन्छ, ‘नदिउँ कार्की मोटर्सले मुद्दा हाल्ने अवस्था आउन लाग्यो । तैपनि हामीले कन्भिन्स गराउँदै कुरायौँ । तर, केही नलागेपछि हामीले गत असारमा ५ लाख ५७ हजार कार्की मोटर्सलाई तिर्यौ । त्यो उसलाई तिर्नुपर्ने नै पैसा थियो ।’ ‘नामसारी नै हुँदैन’कर छुट पाएको मालबस्तु सम्बन्धित धनीको नामबाट अर्को पक्षको नाममा नामसारी गर्न कानुन अनुसार नै कठिन छ । यातायात कार्यालयको ढड्डा अनुसार उक्त शवबाहन शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा छ ।मन्थली नगरपालिकाका कर्मचारी पटक पटक नामसारीका लागि यातायात पुग्दा यातायात कार्यालयले नामसारी गर्ने हो भने खरिद गर्दा पाएको कर छुट सबै भूक्तानी गर्नुपर्ने बताइदिए । जबकी, कान्छाराम तामाङले शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नामबाट खरिद गर्दा उक्त शवबाहनमा १९ लाखको हाराहारीमा कर छुट पाएका थिए । अब उक्त शवबाहन मन्थली नगरपालिकाले आफ्नो नाममा ल्याउन त्यो १९ लाख यातायात कार्यालयमा तिर्नुपर्ने हुन्छ । यसरी एकातिर कम मूल्यांकन देखाएर बीमा वापतको रकम भूक्तानी पाउनबाट समेत नगरपालिकालाई बन्चित गराएका कान्छारामले नामसारी गर्नुपर्दा अर्को चर्को शुल्क भूक्तानी गर्नुपर्ने बाध्यताको सिर्जना गरिदिएका छन् । कान्छाराम तामाङले आजसम्म जिल्लामा वितरण गरेका भनिएका एम्बुलेन्स र शवबाहन कुनै पनि सम्बन्धित स्थानीय तहको नाममा छैनन् । सबै शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा छन् । नामसारी गर्नुपर्दा कान्छारामले पाएको कर छुट पनि तिर्नुपर्ने हुन्छ । तर, उनै कान्छाराम जिल्लामा एम्बुलेन्स बाँडेर समाजसेवा गरेको देखाएर भोट मागिरहेका छन् । उनले बाँडेका एम्बुलेन्स स्थानीय तह, वडा वा क्लबले आफ्नो नाममा ल्याउन सक्ने अवस्था छैन । किनकी, यसको लागि एउटा एम्बुलेन्स बराबर कम्तीमा १९ देखि २० लाख रुपैयाँ यातायात कार्यालयमा दाखिला गर्नुपर्ने हुन्छ ।जबकी, एम्बुलेन्स र शवबाहन सम्बन्धित स्थानीय तह आफैँले कर छुटमा किन्न सक्छन् । कान्छारामले बाँडेका जस्ता एम्बुलेन्सको मूल्य कर छुटसहित प्रतिगोटा ८ देखि ९ लाख रुपैयाँ पर्छ ।

सम्बन्धित सामग्री

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

काभ्रेपलाञ्चोक, ८ चैत । काभ्रेपलाञ्चोकमा मापदण्डविपरीत एक्बुलेन्स सञ्चालन भएको पाइएको छ । सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन् । जिल्लास्थित एम्बुलेन्स व्यवस्थापन समितिले स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको पाइएको जनाएको हो । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस […]

अब जिल्ला अस्पतालको आफ्नै एम्बुलेन्स

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौँमा रहेको उक्त एम्बुलेन्स केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सदरमुकाम सिमकोटको कार्यालयमा आइपुगेपछि सञ्चालनमा ल्याएको हो। एम्बुलेन्सलाई कर्णाली प्रदेशका पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमकाबीच आफैँले चलाएर सञ्चालनमा ल्याएका हुन्। अस्पतालले पहिलो पटक एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। उनले सधैँ स्टेचर र निजी […]

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

नरहरिनाथलाई एम्बुलेन्स सहयोग

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तानान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।...

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

मनाङ – जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ। एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन्। एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन्। पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ। पर्यटक तथा […]

बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ । एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछि विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल  हस्ताक्षर गरे । कृषि एम्बुलेन्सले महानगरप

ठेक्कामा चल्छन् एम्बुलेन्स

दाङमा सरकारी स्वास्थ्यचौकी, निजी अस्पताल र विभिन्न सामुदायिक संघसंस्थाका गरी ७६ वटा एम्बुलेन्स छन् । तीमध्ये पञ्चकुले स्वास्थ्यचौकी, तुलसीपुर उद्योग वाणिज्य संघ र भूपू सैनिक लालमटियाको गरी तीन वटा एम्बुलेन्स सञ्चालित छैनन् । बाँकी ७३ वटामध्ये अधिकांश एम्बुलेन्स ठेक्कामा चल्दै आइरहेका छन् ।एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन झन्झटबाट मुक्त हुन सङ्घसंस्थाहरूले चालकलाई नै मौखिक सम्झौतामा ती एम्बुलेन्स ठेक्का दिँदै आइरहेका छन् । नागरिक सेवाका लागि सरकारले एम्बुलेन्सका लागि भन्सार छुट गरे पनि सङ्घ

तातोपानीको आफ्नै एम्बुलेन्स सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएपछि स्थानीय खुसी छन् ।दुर्गम गाउँबाट विरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठानसम्म सहज रुपमा उपचारका लागि ओसारपोसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।एम्बुलेन्स सेवा सञ्चालन भएको महिनादिन नबित्दै […]

मेलौलीमा एम्बुलेन्स सञ्चालनमा

बैतडी : बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ। सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथसिंह नायकले बताए।उनले भने, ‘अभियान थालनी भएको छोटो अवधिमै उल्लेख्य रकम सङ्कलन गर्न सफल भएका छौं। देश तथा विदेशबाट उठेको रकमबाट तथा नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका हौँ।’विसं २०७७ चैतबाट थालिए

निःशुल्क एम्बुलेन्स सेवा

'आव २०७८/०७९ वडागत कार्यक्रम अनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ', उनले भने, 'अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन।'