आइजिपी नियुक्ति मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।अदालतले कारण देखाउ आदेश जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अब मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ।धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआ

सम्बन्धित सामग्री

आइजिपी नियुक्तिविरुद्धको रिट : सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपाल प्रहरीको आइजिपी नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निवेदक एआइजी विश्वराज पोखरेल पक्षका कानुन व्यवसायीले बिहीबार गरेको जवाफी बहस सुनेपछि न्यायाधीश...

आईजीपीको मुद्दामा महान्यायाधिवक्ताको इन्ट्री, सुनुवाइ लम्ब्याएर धकेल्ने उद्देश्य

काठमाडौं । आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै सरकारको निर्णय बदर गर्न परेको रिटमाथिको सुनुवाइमा महान्यायाधिवक्ता कार्यालयले आफू पनि भाग लिन पाउनुपर्ने माग गरेपछि दोहोरो बहस भएको छ । सामान्यतः अन्तरिम आदेश मागेर परेका यस्ता रिटमाथिको सुनुवाइमा निवेदकको पक्षबाट मात्र बहस हुन्छ र न्यायाधीशले अवस्था हेरेर आदेश दिने वा नदिने प्रचलन छ । आइजिपी नियुक्ति प्रकरणमा […]

आइजिपी नियुक्ति विरुद्ध परेको रिटको पेशी बुधबार

काठमाडौं : नेपाल प्रहरीमा महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्ध परेको रिटको पेशी पर्सि (बुधबार) का लागि तोकिएको छ। सर्वोच्च अदालतमा केही बेरअघि दर्ता भएको रिटमा २१ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।सरकारले धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गरेपछि निर्णय बदरको मागसहित एआइजी विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका थिए। वरिष्ठता र ज्येष्ठता मिचेर आइजिपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चसँग अन्तरिम आदेश मागेका छन्।मन्त्रिप