कुश्मा नगरपालिकाले विद्यालय बन्द नगर्ने

पर्वत : सङ्घीय सरकारले माघ १५ सम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भने पनि कुश्मा नगरपालिकाले भने विद्यालय नगर्ने भएको छ।कोभिड-१९ को संक्रमण बढ्दै गएपछि संघीय सरकारले देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो।मन्त्रालयको आदेशअनुसार बन्द गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्याल