वातावरण संरक्षण र जलचर प्राणीको बासस्थानका लागि सिमसार क्षेत्र महत्वपूर्ण क्षेत्र हो । हाम्रो दशको कुल क्षेत्रफलको ६ प्रतिशत सिमसार क्षेत्रले ओगटेको तथ्याङ्कले देखाउँछ । वातावरणीय संरक्षणका लागि मात्र नभई २१ थरी आदिवासी जनजाति समुदाय जीवनयापनका लागि यही सिमसार क्षेत्रमा भर पर्दै आएका छन् । परिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका महत्वपूर्ण मानिन्छ ।