विनियोजन विधेयक राष्ट्रिय सभामा पेस, बिहीवारदेखि छलफल सुरु हुने

काठमाण्डाै – नेकपा एमालेका सदस्यको विरोधकै बीच विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट राष्ट्रिय सभामा पेस भएको छ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका राष्ट्रिय सभा सदस्यहरू आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । तर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थ मन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएको हो । त्यस...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ । बैठकमा भगवती […]

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बुधबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ […]

मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पनि बजेटमाथि छलफल हुने

काठमाडौँ- राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ। सोमबारको बैठकमा विनियोजन विधेयक […]

एमालेको विरोधका बीच राष्ट्रिय सभामा बजेट पेश

नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभा बैठकमा विनियोजन विधयेक पेश भएको छ ।  बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकमा पनि एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । सो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि छलफल हुने छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरिसकेको छ ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । राष्ट्रिय सभाले पारित गरेपछि पुन: यो विधयेक प्रतिनिधिसभामा आउंछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ । बजेट पारित हुन नसकेपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।