प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- सत्तारुढ गठबन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। दाहाल पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए जहाँ प्रधानमन्त्री देउवालगायत सत्तारुढ  नेताहरु सामेल थिए। सोमबार गरिएको पीसिआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ। कोरोना संक्रमित माओवादी अध्यक्ष […]