काठमाडौँ । बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रालयको प्रस्तावअनुसार लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) […]
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थमै मृत्यु भएको […]
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ […]
म्याग्दी । कालीगण्डकीको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ। विपद्का समयमा आकस्मिक रूपमा विद्युत् आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र वडा नं. ६ धिरच्याङमा प्रसारणलाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् […]
दाङ - दाङको लमही-७, वनघुस्रीस्थित श्रीबालगोपाल मन्दिर एवं रामानुज पीठमा श्रीबालगोपाल नवरात्र महोत्सव–२०८३ सञ्चालन भइरहेको छ। घटस्थापनादेखि विजयादशमीसम्म